google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

काठमाडौं ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राति बधाई दिएका छन्। संसदमा विश्वासको मत प्राप्त गर्ने वित्तिकै मोदीले ट्वीटरमार्फद देउवालाई बधाई दिएका हुन्। प्रधानमन्त्री नियुक्त भए लगत्तै मोदीले बधाई नदिंदा अनेक टिकाटिप्पणी भइरहेको थियो ।

हिजो आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् । राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् । नेकपा एमाले केपी ओलीका चार सांसद भने देउवाको पक्षमा मतदान गरेका छन् ।

 


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0