google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

एमाले सरकार ले मधेसलाई मरुभूमि बनाई कार्यकर्ता मालामाल बनाउन खोजेको सांसद यादवको आरोप

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विरगंज,जेष्ठ,२१ / पर्सा क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य प्रदिप यादवले वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको योजनाले मधेशलाई मरुभूमीमा परिणत गर्ने बताएका छन् । अवैध उत्खनन् का कारण चुरे विनाश भइरहेको अवस्थामा आर्थिक वर्ष २०७८÷७९ को बजेटले यसलाई झनै बढावा दिएको उनले बताएका हुन् ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

शुक्रबार सामाजिक सञ्जालको फेसबुकमा एक स्टाटस लेख्दै उनले मधेशलाई मरुभुमिकरण गर्दै सत्तापक्षले आफ्ना कार्यकर्ता मालामाल बनाउन यो योजना अघि सारेको आरोप लगाएका छन् । चुरेबाट हुने उत्खनन्लाई वैधानिक बनाउँदै त्यसको ठेक्कापट्टा आफ्ना कार्यकर्तालाई दिएर कमाईखाने भाँडो बनाउने सरकारको रणनीति सह्य नहुने यादवले स्पष्ट पारेका छन् ।

गते साउन १ गते, २०७१ मा चुरेबाट गिट्टी, बालुवाको निकासीमा रोक लगाएपनि अवैध उत्खनन् रोक्न नसकेको सरकारले यस वर्षको बजेट मार्फत चुरे दोहनका लागि मार्ग प्रशस्त गरिदिएको उनले टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘सरकारले २०७१ साउन १ गते ढुङ्गा, गिट्टी, बालुवाको निकासीमा प्रतिबन्ध लगाउनुका साथै अवैध उत्खनन् गर्न रोक लगायो । अवैध निकासी र अवैध उत्खनन्मा रोक लगाएपनि अवैध रुपमा उत्खनन् भएर चुरे बिनाश भइरहेको अवस्थामा आर्थिक वर्ष २०७८÷७९ को बजेटले झन यसलाई बढावा दिएको स्पष्ट हुन्छ ।’

तराई मधेशमा भुमि सतहभन्दा ५० फिट गहिराईमा सफा पानीको स्रोत भेटिने गरेकोमा पछिल्लो समय भएको तीब्र चुरे दोहनले हाल २ सय ५० फिट गहिराईमा पनि सफा पानीको स्रोत भेटिन पनि गाह्रो भएको भन्दै उनले मधेशी समुदाय विरुद्धको निर्णय यथाशिघ्र सच्याउन माग गरेका छन् । सरकारको यस निर्णयले तराई मधेशका ईलाकाहरुमा पानीको चरम अभाव हुनसक्ने तर्फ सचेत समेत गराएका छन् । वातावरण संरक्षण र अनुदानका लागि नेपालले अन्तर्राष्ट्रियस्तरमा प्रतिबद्धता जनाएका कारण पनि वातावरणमा क्षति पुर्‍याउने काम गर्न नमिल्ने उनको तर्क छ ।

यस वर्षको बजेटमार्फत सरकारले सार्वजनिक गरेको चुरे उत्खनन् सम्बन्धी योजनाले मधेशीहरुको उठीबास लगाउन खोजेको उनको भनाई छ । “ठेक्कापट्टा आफ्ना कार्यकर्तालाई दिएर कमाईखाने भाँडो बनाउने रणनीति कुनै पनि हालतमा सह्य हुँदैन” भन्दै यस निर्णयको प्रतिकारमा आवाज उठाउन उनले सबैमा अपिल गरेका छन्


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0