
पवन शाह
कोरोना महामारीको संक्रमण तिव्र रुपमा पुनः बढ़ीरहेको अवस्थामा भारत नेपाल असुरक्षित आवागमनले थप संक्रमणको जोखिम नहोस भनि सीमाक्षेत्रको दोहोरो आवागमन व्यवस्थित बनाउन सामाजिक विकास मंत्री उषाकला राईले स्थलगत अनुगमन गरी सुरक्षाकर्मीहरुलाई शुक्रवार निर्देशन दिनुभएको हो ।
सिमा नाकामा वैकल्पिक बाटो प्रयोग गरी असुरक्षित रुपमा आवागमन गर्नेहरुलाई रोक्न र कडाईका साथ निगरानी बढाउन शसस्त्र प्रहरी वल नेपाल नं. ३ गण टंकी का सशस्त्र प्रहरी उपरिक्षक तिर्थ पौडेलले आफ़्नो मातहतका बोर्डर आउट पोस्टहरुलाई निर्देशन दिनुभएका छन ।
सिमामा खटिएको सुरक्षाकर्मीहरुले शनिवार बिहानैदेखी बिराटनगर को रानी नाका नजिकै रहेको खुला सिमाको वैकल्पिक बाटोहरुमा निगरानी बढाएका छन । इश्लामपुर, मटियरुवा, हुलासचोक, दक्षिण गेठ, दरैया देखी सुनसरी मोरङ्गको सिमाना केसलिया खोला सम्म कडाईका साथ निगरानी बढाउनुका साथै नेपाल प्रवेष गर्ने जोकोहिलाई पनि मुख्य नाका प्रयोग गरी स्वास्थ्य मंत्रालयले दिएको निर्देशन अनुसार आउन आग्रह गर्ने गरेका छन ।
साझ ६ बजेको समय सम्ममा भारत बाट मुख्य नाका प्रयोग गरी नेपाल आएको १ सय २ जना मध्ये बाट भारत कलकत्ता बाट आएका बिराटनगर ३ बस्ने वर्ष ४५ को एक पुरुषमा कोरोना संक्रमणको पुस्टी भएको सिमामा रहेको हेल्थ डेस्कको कर्मचारीले बताएका छन । हेल्थ डेस्कको चिकित्सक का अनुसार एन्टीजेन टेस्ट बाट संक्रमितको पुस्टी भएको बताएका छन ।