google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगरमा ढुंगे युगको प्रविधी प्रयोग गरी बिकास निर्माणको कार्य हुदै

बिराटनगरमा ढुंगे युगको प्रविधी प्रयोग गरी बिकास निर्माणको कार्य हुदै

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / अहिलेको आधुनिक समयमा पनि बिराटनगर महानगर पालिका भित्र पनि कालो पत्रे सडक निर्माण कार्यमा ढुंगे युगको प्रविधी प्रयोग गरी निर्माण कार्य गरिरहेको पाईएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर महानगर पालिकाको वडा नम्बर १८ मा पर्ने खोक्साहा देखी दामादगी सम्म जाने बाटो कालो पत्रे सडक निर्माणको क्रम्मा सहरी बिकाश कार्यलय बाट बिराटनगर – १२ मा रहेको एस आर निर्माण सेवाले पाएको ठेक्कामा इंजीनियरकै निर्देशनमा सडक कालो पत्रे गर्नु भन्दा अगाडीको प्रक्रियामा बेश गिटी झारेर पानी पटाई रोड रोलर लिएर मिलाई सकेको केही दिन पछाडी बैशाख ६ गते रोड कालो पत्रे अगाड़ी गर्नुपर्ने ब्रुमिङ्ग पछी र प्राईम गर्नु अघी कम्प्रेसर मेसिनले डस्ट सफ़ा गर्नु पर्नेमा कम्प्रेसर को साटो डस्ट सफ़ा गर्ने कार्यमा नाङ्लो को प्रयोग गरी धुलो उडाईरहेको पाईयो ।

कालो पत्रे हुन लागेको सडक बाटोमा धुलो उडाउन नाङ्लो को प्रयोग भएको देखेर बिराटनगर – १८ का कावा अध्यक्ष राजदेव यादवलाई उक्त बाटो कतिको स्तरीय बन्छ भनी जिग्यासा राख्दा उक्त बाटो वडा अन्तर्गत नभैइ सिधै सहरी बिकाश कार्यलय बाट पास भैइ एस आर निर्माण सेवा कम्पनिले ठेक्का पाएको बताउनुभयो । करिब १८ लाख ७० हजार रुपौया बराबरको बजेटमा बन्न लागेको खोक्साहा बाट दामादगी जाने करिब ४ सय ५० मिटर दुरिको बाटो निर्माण कार्यमा बजेट अनुसारको कार्य भैइरहेको र इंजीनियर कै निगरानीमा निर्माण भईरहेको बताउनुभयो । तर उक्त काम सिधै सहरी बिकाशको निर्देशन र निगरानीमा भैइरहेको हुनाले वडा कार्यलयको भुमिका नभए पनि आफ़्नो वडामा भैइरहेको बिकाश निर्माणको काम स्तरिय हुनुपर्ने बताउनुभयो ।

त्यसै गरी निर्माण सेवाका इंजीनियरलाई उक्त विषयमा सोध्दा उक्त धुलो हाथले कुचोले उडाउनु पर्ने इस्टिमेटमा नाङ्लो पनि प्रयोग गरेको वहाले बताउनुभयो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0