सिम्रौनागढ़ सामाजिक संदेश

सर्वोच्च को फ़ैसलाले संविधानको रक्षा गरेको छ : सांसद प्रदीप यादव

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

वीरगञ्ज,११ फागुन । जनता समाजवादी पार्टीका नेता एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले संसद पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक एवं स्वागत योग्य भएको बताएकाछन । सांसद् यादवले समाजिक सञ्जाल आफ्नो फेसबुक पेज मार्फत सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएकोमा संबिधानको रक्षा भएको बताएका हुन ।

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको र न्यायालय माथि आम नागरिकको आस्था बढनुको साथै जन भावनाको कदर भएको भन्दै सांसद यादवले फैसला गर्ने प्रधानन्यायाधिस लगायत न्यायधिसहरु प्रति आभार पनि व्यक्त गरेका छन् । गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो। मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.