google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अवैध खुकुरा वरामद गरी नष्ट गरिएको
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
कोभिड -१९ ले गर्दा हाल सम्म सिमानाकाहरु बन्द रहेको छ। स्वास्थय जनसँख्या मन्त्रालयले बारम्बार कोभिडको नयाँ प्रजाति फेला परेकोले उच्च सतर्कता अपनाउन अपिल गरी रहेको बेला पनि भारतसँगको सिमानाका नजिक रहेको गाँउबस्तिहरु लपर्वाहिसित भारत आवतजावत गरी रहेको पाईन्छ।
आज बिहान बाराको पचरौता नगरपालिका ७ बेनौलि त्रिबेणीघाट स्थित नेपाल भारत सिमा ईलाकाबाट बेनौलि तर्फ आई रहेको अन्दाजी साठि केजि जिउदो खुकुरा सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बेनौलि बिओपिको इन्स्पेटर सिँह बिर मल्लको नेत्रित्वको टोलीले सो ठाँउबाट बरामद गरेको छ। साईकलमा लिई आउदै गरेको ब्यक्तिले सशस्त्र प्रहरीलाई देखि अबैध खुकुरा छोडी साईकल सहित भागेकोले सो अबैध खुकुरा लाई आज बिहान स्थानिय जनप्रतिनिधी, समाजसेवि र बुधिजिबीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक रबिन राज कर्णजितले जानकारी गराउनुभएको छ।
सशस्त्र प्रहरीको ईन्स्पेक्टर सिंहबिर मल्ल बेनौलि बिओपिमा आएपछि बिओपिलाई स्थापना गराई सँचालनमा ल्याएकाछन। त्यस्तै बिओपि सिमानाकामा नभई बजार क्षेत्रमा भएकोले समाजमा हुने घटनालाई कमि गर्नुको साथै भारतबाट आउने चोरी पैठारीमा पनि नियन्त्रण गरेकाले स्थानियहरु हर्षित भएकाछन ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
सँम्भार:-cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0