google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / एक नाबालिकलाई नेपाल बाट यौन कार्यमा लगाउन भारत मा बेच्ने उध्येश्यले लैजादै गरेका एक जनालाई साना हाथहरु नेपालको टोलीले नियन्त्रणमा प्रहरी मार्फ़त जबर्दस्ती करणी र मानव बेच बिखनको मुद्दा दर्ता गर्न म्याद थप गराएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

आफ़ु सानै छदा बुवा बितेको र गरिबि रेखा मुनी बसेर लेख पढ़ गर्न नजानेकी तेह्थुम जिल्ला घर भएकी १४ वर्षीय नाबालिकलाई भारत तर्फ़ बेचिन लादै गरेको अवस्थामा सुनसरी को धरान १७ बस्ने वर्ष ३२ को आशिष सुनुवारलाई टाईनि हेण्डस नेपालको कर्मचारीहरुले नियन्त्रणमा लिएको हो ।

चाड तिहार सकेर मंसिर महिना पछाडी दिदीको घरमा बस्ने गरी आएकी बालिकाको सुनुवार संग चिनाजान हुन्छ । त्यस्पछी सुनुवारले बालिकालाई ललाई फ़काई भेडेटारको बाटोमा रहेको एक होटलमा लगेर मोमो भित्र नसालु प्रदार्थ हालेर बालिकालाई खुवाई कोठामा लगेर करणी गरेको र पौष २९ गते सुनुवारले जोगबनिमा कपडा किनिदिने बहानामा भारतमा बेच्न लैजादैगर्दा सिमामा खटेको साना हातहरु नेपाल को कर्मचारीलाई शंका लागी रोकेर सोध पुछ गर्दा उक्त कुराहरु खुलेको हो ।

पक्राउ परेका सुनुवारलाई आवश्यक कार्वाहीको लागी प्रहरी मार्फ़त जबर्दस्ती करणी र मानव बेच बिखनको मुद्दा दर्ता को निम्ति म्याद थप गरेका छन ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0