google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

ट्रकको ठक्करबाट बारामा एक किशोरीको जयान गएको

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अनिल पाण्डेय

कलैया बारा

बुवाले चलाएको मोटरसाईलको पछाडी बसेकी १७ बर्षिय छोरीको ट्रकको ठक्करबाट आज  ज्यान गएको छ । कलैया बरियारपुर सडक खण्डको कलैया उपमहानगरपालिका ४ मैदामिल नजिकै दुर्घटना हुँदा पचरौता नगरपालिका ८ बस्ने प्रेम नारायण चौधरीको छोरी गान्धी कुमारी चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

सदरमुकाम कलैयाबाट महागढिमाई नगरपालिकाको बरियारपुर तर्फ जाँदैगरेको प्रदेश नम्बर २–०३–००६ प.९३८५ नम्बरको मोटरसाईकल‌लाई सो दिशा तर्फ जाँदै गरेको ना ४ ख २९२३ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको थियो ।

ट्रकको ठक्करसँगै मोटरसाईकल सहित बाबुछोरी सडकमा पछारिएका थिए । सोही क्रममा दुबैजना गम्भीर घाईते भएका थिए । टाउकोमा चोट लागेको अवस्थामा नेस्नल मेडिकल कलेज शिक्षण अस्पताल विरगजं पुर्याईएकोमा उपचारका क्रममा ति किशोरीको ज्यान गएको हो ।

मृतकका बाबुको हात र खुट्टामा चोट लागेको थियो । प्राथमिक उपचारपछी आजै डिस्चार्ज भएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिएकाछन।

 

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0