पवन शाह
बिराटनगर / भारतले सिमा खुला गरेपछी अवैध रुपमा नेपाल आउन खोज्नेहरुको संख्या एकाएक बढेको छ ।
कोरोना महामारीको कारणले लामो समय नेपाल भारत सिमा सिल रहेपछी भारतिय पक्षले केहीदिन अगाड़ी बिराटनगर महानगर पालिका नजिकको जोगबनि नाका खुला गरेको छ । भारतले नाका खोलेपनि नेपालमा भने अझै सिमा सिल रहको अवस्था रहदा पनि अवैध रुपमा भारत बाट नेपाल आउनेहरुमा कमि नाअएको देखन सकिन्छ ।
बिहिवार बिराटनगर १७ को इश्लामपुर को बाटो भएर नेपाल आउनलागेको १२ जना भारतियहरुलाई दिउसो सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी बाट खटिएको डियुटी टोलीले भारत तर्फ़ फ़र्काएका हुन । भारतले सिमा खोले पनि नेपाली सिमा अझै सिल अवस्थामा रहेको धेरैलाई जानकारी नभएका कारण पनि नेपालमा आखा जचाउन र रोजगार को निम्ती भारतीय नागरिकहरुको नेपाल आउने क्रम बढेको हो । सिमामा खटेको प्रहरी तथा सशस्त्र प्रहरीले अवैध आवत जावत गर्नेहरुलाई रोक्न भारतीय प्रशासन संग समन्वय राम्रो भएपनि भारतीय बोर्डर खुला भएपछी भारतीय सुरक्षाकर्मिहरुलाई मान्छे बुज्न समस्या भैइरहेको प्रहरीहरु बताउछन ।