


मोहम्मद ईर्शाद
बिराटनगर / भारत बाट शरिरमा सेट गरेर रुपैया ल्याईरहेको एक जनालाई रकम सहित प्रहरी चौकी मटियरुवाले नियंत्रणमा लिएको छ ।
सोमवार साझ मटियरुवा प्रहरी चौकी इंचार्ज तारा बस्नेत सर्वा भएर जाने तयारी गरिरहेका बेला प्रहरी हवलदार शिव कुमार यादव र प्रहरी जवान मनोज मेहताको सहियोगमा बिराटनगर महानगर पालिका १५ बस्ने अमीरचन्द साह लाई नगद सहित नियंत्रणमा लिएको हो । साहले आफ़्नो दुवै खुट्टामा रबरको प्याड लगाएर राखिएको नेपाली एक हजार दरको नोट ३ सय थान, ५ सय दरको नोट २ सय थान र एक सय रुपैया दरको नोट १ सय थान गरी जम्मा ४ लाख १० हजार रुपैया सहित साहलाई नियन्त्रणमा लिएको हो ।
प्रसनि बस्नेत सर्वा भएर जाने तयारी गरिरहेकै अवस्थामा अचानक साहको खुट्टा तिर आखा पुगेपछी केही छ कि भनि संका लागी प्रह यादव र प्रज मेहताको सहियोगमा पक्राउ गरेको उक्त रकम सहित अवश्यक कार्वाहीको लागी इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।