सिम्रौनागढ़ सामाजिक संदेश

बिओपि रानी द्वारा ट्याम्पु सहित ४ लाख ४३ हजारको सामान भन्सार दाखिला

बिओपि रानी द्वारा ट्याम्पु सहित ४ लाख ४३ हजारको सामान भन्सार दाखिला

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / अवैध रुपमा भन्सार छली नेपल तर्फ़ ट्यामपुमा ल्याईएको लता कपडा सशस्त्र प्रहरी ले नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।

Simraun gadh Covid New -078

बिहिवार बिहान पौने आठ बजेको समयमा को २ ह ६२१३ नम्बर को ट्यामपुमा कपडा बोकी नेपाल भारत एकिकृत जाच चौकी आईसिपि को बाटो भएर नेपाल तर्फ़ आउदैगर्दा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी बाट सप्रनि मौसम पोखरेलको कमाण्डमा खटिगएको टोलिले रोकेर चेक जाच गर्न खोज्दा ट्याम्पु चालकले ट्याम्पु र सामानहरु छोडेर भगेको थियो । सशस्त्र प्रहरीको टोलीले उक्त ट्याम्पु नियन्त्रण मा लिएर चेक जाच गर्दा ब्यापारिक परियोजनको लागी अवैध रुपमा भन्सार छली ल्याएको कपडाहरु फ़ेला परेको थियो। जस्मा कुर्ता सुरुवाल सेट १२ थान, टपसेट ४४ थान, सट १४ थान, बच्चाको जामा २३ थान, बच्चाको पेन्ट १२ थान, बेबि सेट १४ थान र टप्स ७३थान गरी नाईलन डोरी, सल लगायतका सामानहरु रहेको थियो । बरामद गरिएको उक्त सामनहरु कपडा को भन्सार मुल्यांकन ९३ हजार ७ सय रुपैया र ट्याम्पु को ३ लाख ५० हजार गरी ४ लाख ४३ हजार ७ सय रुपैया भएको भन्सार कार्यालय रानी ले जनाएका छन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.