पवन शाह
नेपाल र भारतको सिमामा खटिएको सशस्त्र प्रहरी बल तथा सिमा सुरक्षा बल एस.एस.बी.द्वारा सिमामा संयुक्त रुपमा गस्ति गरिएको छ ।
नेपाल तर्फ़ को नेतृत्व गर्दै सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीको सशस्त्र प्रहरी निरिक्षक हरि शाही र भारत तर्फ़ सिमा सुरक्षा बल एस.एस.बी.जोगबनि बेश क्याम्प प्रमुख ईन्सपेक्टर बिरेन्द्र कुमारले नेतृत्व गर्दै संयुक्त गस्ति गर्नुभएको हो । आईतवार बिहान सशस्त्र बलहरु द्वारा नेपाल भारत सिमा स्तम्भ नम्बर १८०/६८ देखी सिमा स्तम्भ नम्बर १८१/७० सम्म संयुक्त गस्ति गरिएको हो । सिमावर्ति इलाकामा बसोबास गर्ने दुवै देशका नागरिकहरु को बिचमा सुरक्षाको अनुभूति गराउन, एक अर्को सुरक्षा संगठन बिच समन्वय बढाउन तथा अवैध रुपमा हुने चोरी, तस्करी, लागुऔषध को ब्यापार तथा ओसार पोसार, मानव तस्करी जन्य कार्य गर्नेहरुलाई निरूत्साहित गर्ने उद्देश्यका साथ संयुक्त गस्ति गरिएको एस.एस.बी. क्याम्प जोगबनी प्रमुख बिरेन्द्र कुमारले बताउनुभयो । बेला बेलामा सुरक्षा बलहरु द्वारा आयोजना गरिने संयुक्त गस्ति ले गर्दा एक अर्का संग चिनजान तथा समन्वय राम्रो हुनुका साथै सिमा सुरक्षा तथा भौगोलिक स्थितिको बारेमा पार्दर्शिता हुनेगरेको हुनाले आवश्यकता अनुसार गस्तिको आयोजना गरिने गरिएको दुवै देशका सशस्त्र प्रहरी बल सुरक्षा बेश प्रमुखहरुको भनाई रहेको छ ।