google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अबैध मालसमान सहित अटो र खुल्ला मदिरा सशस्त्र प्रहरीद्वरा पक्राउ
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
बाराको बरियापुरमा रहेको सशस्त्र बेस क्यामपले आज भारतबाट लुकिछिपी नेपाल आईरहेको ना ३ ख ९४४८ नम्बरको माक्सिम् अटो सहित अन्दाजि मुल्य रु चार लाख बराबरको हार्डवेयरको मालसमान सहित
पक्राउ गरेको छ। सशस्त्र प्रहरीको ईन्स्पेक्टर प्रकास पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले मालसमान सहित अटो पक्राउ गरिएको हो।
प्रकाउ गरिएकोको अटो गाडि सहित मालसमान अनुसन्धानका लागि भँसार कार्यालय बिरगँज पठाईएको १२ नम्बर गणको गणपति सशस्त्र। प्रहरी उपरीक्षक रबिनराज कर्णजितले जानकारी गराउनुभएको छ।

लागु पदार्थको साथै घरेलु मदिरा १४० लिटर जति पनि आजै सशस्त्र प्रहरीको ईन्स्पेक्टर प्रकास पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरी स्थानिय जनप्रतिनिधी र स्थानिय बुदिजिबीको रोहबरमा नष्ट गरिएको गणपति कर्णजितले जानकारी गराउनुभएकोछ।
सशस्त्र प्रहरीको ईन्स्पेक्टर प्रकास पाण्डे बरियारपुर बेसक्याम्पमा आएपछि आज सम्म तिस लाख जतिको भौसी , बाख्रा , केराउ , कपडा ,किराना समान , लगायतको मालसमान पक्राउ गरी भँसार कार्यालय र राजस्व कार्यालयमा बुझाइ सक्नु भएको कुराको स्थानियहरुले बताएका छन।

यसरी नै प्रहरीले भारतबाट लुकिछिपी आउने मालसमानलाई पक्राउ गर्दै गयो भने यहाँ ब्यपार गर्ने ब्यापारीलाई ब्यपार गर्न धेरै नै सहयोग हुने र नेपाल सरकारको राजस्व पनि बढने बरियारपुरका ब्यापारीहरु बताउछन।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
सँम्भार:-cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0