बीरगन्ज – रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो पदस्थापना कार्यक्रममा सलोनी रौनियार वर्ष २०२०(२१ का लागि क्लबको अध्यक्षमा पदस्थापन भएकी हुन् ।
क्लबका वर्ष २०१९(२० का अध्यक्ष गोपाल कृष्ण कन्डोईले यस वर्षको अध्यक्षलाई पद हस्तान्तरण गरे । क्लबको यस वर्षको उपाध्यक्षमा आलोक कर्ण, सचिवमा रबिन श्रेष्ठ, सहसचिवमा दिपु वर्णवाल, कोषाध्यक्ष स्वस्तीका महन्ती, क्लब सर्भिस् डाईरेक्टर अंशु अग्रवाल, कम्युनिटी सर्भिस् डाईरेक्टरमा निश्चल प्रजापति, ईन्टरनेशनल सर्भिस डाईरेक्टर मधु प्रजापति, प्रोफेसनल सर्भिस डाईरेक्टरमा अंजली गर, सदस्यहरुमा आरती गुप्ता, ज्योती तिब्रेवाललगायतका रहेका छन् । क्लबको नयाँ कार्यसमितीलाई रोटेरियन अनिले जैसवालले शपथ ग्रहण गराए ।
कार्यक्रममा वर्ष भरि क्लबलाई सहयोग गर्ने क्वेस्ट फर्मास्यिुटिक्लस्, प्रकाश डान्स् स्टुडियो, नेपाल पोष्ट डेलि, जि नेपाल एचडि टिभी लगायतलाई सम्मन गरिएको थियो । कार्यक्रमको सहजीकरण मधु प्रजापतिले गरेकी थिईन् ।