पोखरा ।
कोरोना माहामारीका बिच बिभिन्न समस्या हुदां हुदैै पनि पोखराको मात्र नभइ नेपाल कै महत्वपूर्ण शाहासिक खेल प्याराग्लाइडिंग ब्यवसाय सुरु भएको छ । पोखरामा देश बिदेशका पर्यटकहरुको घुइचो हुने पोखराको लेक साइट मसान घाट जस्तो
भए पनि पर्यटक आउने आशामा व्यवसायि कुरिरहेका छन् ।
६० कम्पनिले दैनिक चार पाच सय उडान गर्ने गरेकोमा अहिले व्लाटरको ढुसी पुछन परेको व्यवसायि तथा पाइलट फ्लाइंग बुद्व प्याराग्लाइडिंगका संचालक हरि गिरीले बताय । होटेल व्यबसाय चले पो प्याराग्लाइडिंग चल्छ
अहिले भने पोखरा वरि परिका केही व्यक्तिहरुले फोन गरेर उड्न चाहेको बताएकाले बिस्तारै व्यवसायले गति लिनेमा बिश्वस्त रहेको गिरीले बताए ।
नेपाली पर्यटक संग पाच हजार रुपैया लियर
उडाउने कम्पनिहरु अहिले टाट पल्टने अवस्थामा पुगेका छन् गिरीले भने । पोखराको सुन्दरतालाइ छर्रलंग हेर्न जानु पर्ने सरांकोट डांडाबाट उडेर फेवाताल माथि फन्को लगाउदै,माछापुच्छ्रे,धवलागिरी लगायतका हिमाल हेरेर आनन्द लिने पर्यटकको खाचो देखियको छ ।
नेपाल हवाइ खेलकुद संस्था (ना)का महासचिव बलराम आचार्यका अनुशार आश्विन ५ गते बाट नेपाल सरकारका नियमहरु पुरा गरेका र स्वास्थ्यका मापदण्ड समेत पालना गरेका कम्पनिहरुले उडान भर्न पाउने भएका छन् । सामान्य अवस्थामा दैनिक चार देखि पाच सय सम्म आन्तरिक र बिदेशिले
मनोरन्जन लिने गरेको रेकड छ ।
कोरोना जोखिम संगै पोखरामा संचालनमा रहेका
प्याराग्लाइडिंग कम्पनिहरुले ६ महिनामा आधा अर्वको घाटा व्यहोर्दा व्यवसायिहरु अप्ठ्यारोमा परेको बताए । यो व्यवसायमा प्रतक्ष्य सहभागि पाइलट र अन्य मजदुर समेत गर्दा लगभग ४ सय र तिनीहरुको परिवारमा समेत समस्या उत्पन्न भयो आर्चायले बताए । बिशेष गरि चिन,भारत र
आन्तरिक पर्यटकहरुले जोगाइदियको व्यवसाय धराशायी भएको छ ।
यो जटिल समयमा पर्यटकलाइ आर्कर्षित गर्न राज्य बाट सहुलियतको आशा गरेका छन् अब पनि भ्याट र अन्य बहाना बनायर व्यवसायिलाइ आतंकित नपारियोस । व्यवसाय लयमा नआउदां सम्म भ्याट छुट गरि राज्यले अभिभावकत्व लिनु पर्छ संगै व्यवसायिले पनि बातावरणा बनायर अगाडी नबडे
पोखराको गहनाका रुपमा रहेको खेल जोखिममा जान्छ सक्छ ।
बिगतका बर्षहरुमा उत्कृष्ट करदाता समेत भएको व्यवसायमा राज्यका तिनै तहका सरकारले सहयोग गरि पर्यटन क्षत्रलाइ गतिसिल बनाउन सकेमा छिट्टै पोखराका आकासमा पर्यटकले मज्जा लिएको देख्न सकिने छ ।
सभार cinnepal.com