सिम्रौनागढ़ सामाजिक संदेश

रोट्रयाक्ट क्लब अफ राजधानीले मनायोअन्तर्राष्ट्रिय साक्षरता दिवस

Pacharauta covid new -078
Holi Suvarn 078

काठमाण्डौ – अन्तर्राष्ट्रिय साक्षरता दिवसको ५४ औं संस्करण रोट्रयाक्ट क्लब अफ राजधानीले ५ दिने शिक्षक तालिम (सेप्टेम्बर ४ – सेप्टेम्बर ८) आयोजना गरि मनाएको छ । हरेक वर्षको सेप्टेम्बर ८ मा मनाइने यस दिवसले देशको साक्षरता वृद्धि गर्न थुप्रै संस्थाहरु लागि परेको क्रममा रोट्रयाक्ट क्लब अफ राजधानी, आर.आई.डिस्ट्रीक्ट ३२९२ नेपाल र भुटानले नयाँपाटीमा अवस्थित ओखरेनी मा.वि.का प्राथमिक तह सम्मका शिक्षकहरु लगायत रोट्रयाक्ट क्लब अफ राजधानीका सदस्यहरुलाई “Learning at home”भन्ने मुख्य शिर्षकका साथ घरेलु सामाग्रीको प्रयोग गरी नानीबाबुहरुलाई कसरी पढाउने भन्नेबारे तालिम दिइएको कुरा रोट्रयाक्ट क्लब अफ राजधानीकी अध्यक्ष रोट्रयाक्टर नेहा कार्की परियारले जनाएकी छिन् ।

Simraun gadh Covid New -078

पाचौ दिनको कक्षा समाप्ति सँगै औपचारिक कार्यक्रम आयोजना गरि कार्यक्रम समापन गरियो । उक्त कार्यक्रममा पेमा तामाङ (जेनिफर), भगवती दाहाल, लाक्पा डोमा शेर्पा र सिरिङ कुञ्जुम लामा गरी चार जना प्रशिक्षकको सहयोगमा प्रशिक्षण दिइएको थियो भने मुख्य अतिथिको रुपमा रोटरी क्लब अफ राजधानीका अध्यक्ष रोटरियन अजय सिंह कार्की, रोटरी क्लब अफ राजधानीकै युथ चेयर रोटरियन विश्वनाथ मुखर्जी र सर्भिस चेयर रोटरियन निश्चल बहादुर श्रेष्ठको साथै ओखरेनी मा.वि.का प्राध्यानाध्यापकको पनि उपस्थिति रहेको थियो।

यो ट्रेनिङ निकै नै उपलब्धिमुलक रहेको, छोटो अवधिमा पनि घरमै रहेका काम नलाग्ने भनेर फ्यालेका आफ्नो परिवेशमा भएको सामाग्रीहरुलाई नै प्रयोग गरेर कलात्मक र रोमाञ्चक तरिकाले विधार्थीहरुलाई सिकाउन सकिने र यसरी सिकाउँदा बच्चाहरुले पढेको जस्तो अनुभव नगरीकन सहज तरिकाले सिक्न सक्ने कुरा प्रशिक्षार्थीहरुले बताएका थिए ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.