google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्जमा निशुल्क भाेजन वितरण अभियान २१औँ दिनमा पनि जारी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज – पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा विगत ४१ दिनदेखि जारी रहेको निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरी आफ्नो परिवार चलाउँने व्यक्ति मार्कामा परेका छन् । निषेधाज्ञाका कारण सम्पूर्ण काम ठप्प हुँदा नगर क्षेत्रमा रहने हजारौं गरिबहरुलाई दुई छाक टार्न समेत समस्या परेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जीवकोपार्जन गर्न समेत अफ्ट्यारोमा परेकाहरुका लागि भने वीरगञ्जका युवाहरु ठुलो सहारा बनेका छन् । युवाहरुको विभिन्न टोलिले विगत केहि दिनदेखि निषेधाज्ञाका कारण प्रभावित परिवारलाई नि:शुल्क भाेजन शिविर सञ्चालन गर्दै आएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३का स्थानीय युवाहरु विगत विगत २१ दिनदेखी त्यस्ता गरिब, विपन्न तथा असहायहरूको सेवामा खटिरहेका छन् । उनीहरुले शनिबारपनि सो कार्यलाई निरन्तरता दिएका छन् ।

Image may contain: 1 person, standing and outdoor

वडा नम्बर १३ का वडा अध्यक्ष तूफान अन्सारी र कोभिड एक्सन टिम (क्याट) सक्रियतामा सुक्रबारपनि नगरका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई भोजन वितरण गरिएको अभियानमा संलग्न युवा अभियन्ता दिपु बरनवालले बताए । उनले अभियानमा  राज कुमार, रुस्तम शेख, आयुष राज बरनवाल,मनमोहन पाण्डे लगायात स्वयम् सेवाहरुले समेत सहयोग गरेको जानकारी दिए ।

शनिबार वीरगञ्जकाे नारायणी अस्पताल, बसपार्क, घण्टाघर, माइस्थानलगायतका क्षेत्रमा खाना बाँडिएकाे बरनवाल बताए ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0