नेकपा प्रचण्ड-नेपाल पक्षका मुस्लिम सँगठनले गरे बिरोध प्रदर्शन

0
Pacharauta
नेकपा प्रचण्ड-नेपाल पक्षका मुस्लिम सँगठनले गरे बिरोध प्रदर्शन
रमेश साह
कलैया  बारा

कलैया उपमहानगर पालिका कलैयामा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल पक्ष्‌का मुस्लिम संगठन नेपाल बारा ले आज बिरोध सभा प्रदर्शन गरेकोछ।


नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यलयका फाल्गुन २ गते पुर्ब निधारित कार्यक्रम अनुसार फाल्गुन ११ गते सम्पुर्ण मुस्लिम एक होऔं नाराका साथ प्रतिगमन विरुद्ध बिरोध कार्यक्रम जिल्ला पार्टी कार्यलय कलैयाबाट निस्केको जुलुस गुप्ता पेट्रोल पम्प , भरत चौक , राजदेबी मंदिर , गुप्ता सिमेमा हल परिक्रमा गर्दै  पुन: जिल्ला पार्टी कार्यलयमा पुगि बिरोध सभा गरेको छ। देशमा बिगतका राणा जाहानिया, बषौं देखि चलाएका राजतन्त्र यहाँका जनता फाले र प्रजातन्त्र हुँदै आज गणतन्त्रमा आयौं र प्रधानमन्त्री केपी ओलिले अहिले तानाशाह प्रबिधि काम नलागने, केहि समय लाग्छ सदन पुनःस्थापन हुन्छ नेकपा धर्म निर्क्षेपकता नेपालको जन आन्दोलन बाट आएको हो ।  बैलगाडा चढने केपिले दिएको हैन कुनै देशको सरकार आन्दोलन गर्दैन ।  ओलि सरकारको मांसिक स्तिथी ठिक नराहेको केन्द्रिय  सदस्य तथा बारा जिल्ला सह-इन्चार्ज डाक्टर गोपाल ठाकुरले आफ्नो मन्तव्यमा ब्यक्त गरेकाथिए।
केन्द्रिय सदस्य तथा बिरगंज महानगर इन्चार्ज  बिशिस्ट अतिथि दिनेश राइ , नङ्ग र मासु, माछा र पानी ,जमिन र बीउ को सम्बन्ध जसरी हुन्छ त्यसरी नै मुस्लिम संगठन नेपालको सम्बन्ध रहेको छ ।  बारा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ अतिथिले आफनो धारणा राखे । प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सीता गुरुङ , प्रदेश कमिटी राजन पौडेल , संविधान सभा सदस्य शिव चन्द कुश्वाहा , महम्मद समिउल्लाह , हसनजान अंसारी, राज खान लगायतकाले आफ्नो मन्तब्य राखेका थिए । बिरोध कार्यक्रममा अबुलेस अंसारी स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्षता मुस्लिम संगठन नेपाल बारा अध्यक्ष आबिद हुसैंन अंसारि गरेका थिए र मुस्लिम संगठन नेपाल प्रदेश कमिटी सदस्य इमरान आलम कार्यक्रम संचालन गरेका थिए।

 

 

 

 

सँम्भार:-cinnepal.com

Leave A Reply

Your email address will not be published.