
यस पालि एसईई उतिर्ण हुने बिधार्थिलाई +2 को सम्पुर्ण खर्च गाँउपालिकाले दिने

अनिल पाण्डेय
कलैया बारा
बाराको देवताल गाँउपालिकाले शैक्षिक सत्र २०७६ मा कक्षा ८ र ९ को अन्तिम परिक्षामा प्रथम, दोस्रो र तेस्रो हुने बिधार्थिहरुलाई थप उर्जा प्रदान गर्न ल्याप टप प्रदान गरीएकोछ। सामुदायिक बिधालयमा पठने बिधार्थिहरुको मनोबल बढाउने र थप प्रतिस्पर्धाको भवना जागृत गर्न आज एक कार्यक्रम गरि गाँउपालिका अन्तर्गत दुईवटा मा बि र एउट नि मा बि बिधलयका १५ जना बिधार्थिलाई ल्याप टप बितरन गरिएको छ।

यो गाँउपालिका स्थापना हुदाँ यहाँ कुनै किसिमको बाटो , बिधलय भवन , स्वास्थ्य भवन लगायतको कुनै सुबिधा नभएकोले हामि सबैलाई बिस्तारै बिकास गर्दै सम्पुर्ण बिधालयको भवन देखि ब्लाक बोड डेस्क ब्रेन्च दीइ बिकास गरिदै लगेकाछौँ र चालु आर्थिक बर्षको शिक्षाकोलागि छुट्टै बजेट बिनियोजित गरीएकोले सम्पुर्ण बिधालयको आवश्क्ता पुरा गर्नेछौ भनि गाँउपालिका अध्यक्ष चन्दन सिँहले आफ्नो मन्तब्यमा जानकारी दिएकाछन। यसपालि हुने एसईई परीक्षामा यस गाँउपालिकाबाट उतिर्ण हुने सम्पुर्ण बिधार्थिलाई बिरगँजको क्याम्पसमा +2 गर्न लाग्ने दुई बर्षको खर्च गाँउपालिकाले दिने घोषणा पनि गाँउपालिका अध्यक्ष सिँहले गरेकाछन।

अहिले बिश्व भरी करोना कोभिड-19 को माहामारी भईरहेको बेला हाम्रो देश पनि अछुतो नरहेको अवगत नै छ जस्ले अहिलेसम्म बिधालयमा गई प्रत्यक्ष रुपमा पठनपाठन गर्ने र गराउने वताबरन नभएकोले बैकल्पिक सिकाई तथा समाजिक दुरि कायम गरी कोचिङ्ग सँचालन गर्न आफ्नो वडाको बजेटबाट रु पाच लाख गाँउपालिकामा सहयोग गर्ने देवताल गाँउपालिका वडा न. ४ का वडा अध्यक्ष मिस्रिलाल सहनिले आफ्नो मन्तब्यमा जानकारी गराउनुभयो।

देवताल गाँउपालिका अध्यक्ष चन्दन सिँहको अधक्ष्तामा सम्पन्न कार्यक्रममा गाँउपालिकाको उपाअध्यक्ष रामपति देबि महतो ,आजै हाजिर भएका कार्यकारी अधिक्रित सिकिन्द्र साह,लेखापाल गजेन्द्र यादव , गाँउपालिकाको सम्पुर्ण वडा अध्यक्ष, गाँउपालिका भित्रको सम्पुर्ण बिधालयको प्र अ , गाँउपालिकाको कार्यपालिका सदस्यहरु, अभिभावकहरु लगायतको उपस्थितिमा गाँउपालिका भित्रका सम्पुर्ण बिधालय प्र अ को सम्मान पनि गरीएको थियो।
सँम्भार:-cinnepal.com