google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

आईसोलेनमा रहेको बिरामिलाई ब्यवस्थापन गर्न इन्सेक बाराको मांग

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अनिल पान्डेय, कलैया, बारा।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया उपमहानगरपालिका–३ गंगापुरमा रहेको आइसोलेशनमा रहेका नोवेल कोरोना (कोभिड–१९) रोग सङ्क्रमित भएका बिरामीहरूलाई उचित सेवा प्रवाह नभएको पाइएको छ । कलैया अस्पताल अन्तर्गतको कोभिड अस्पतालले सङ्क्रामक रोगऐन २०२० को दफा २ को उपदफा ३ को मर्म अनुसार सेवा प्रवाह नगरेको पाइएको इन्सेक बाराका भोलानाथ पौडेलेे जनाएका छन् ।

आइसोलेशन कक्षमा पर्याप्त मात्रामा पानी नरहेको, प्रयोग गरिएका भाडाहरू राम्ररी सफा नभएको, स्नानघर तथा शौचालय सफा नभएको, हातधुने बेसिनफोहर भएको, झोलिलो तथा पोषणयुक्त खानेकुरा नदिएको इन्सेक बाराले जनाएको छ । ढोका, टेबुल लगायतका सामग्रीहरूमा डिस्इन्फेक्टेण्ट प्रयोग नगरिएको र एक गिलास तातो पानीको पनि व्यवस्था नभएको विषयमा अस्पताल प्रशासन र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छौं भन्ने इन्सेक बाराका पौडेलले जनाएका हुन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका अनुसार बिरामीको उपचार, स्वच्छ खाना, सफा तातो र चिसो पानी, सफा शौचालय र पङ्खा लगायतको तुरून्त व्यवस्था गर्न कलैया अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग इन्सेक बाराले मांग गरेका छन् ।

आइसोलेशन कक्षमा राम्रो व्यवस्थापन गरी बिरामीहरू लाई चाहिएको आधारभूत मानव अधिकारको पालना गर्न गराउनहुन सम्बन्धित सबैमा इन्सेक बारा प्रतिनिधी पौडेल अनुरोध गर्नु भ​एको छ​।

सभार cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0