google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगंज – बिरगंज महानगरपालिका वडा नं. ३१ सोलखपुरमा नवनिर्मित थारु संस्कृतिक नाच घरको शिलान्यास गरिएको छ । पर्सा क्षेत्र नं. १ का प्रतिनिधी सभा सांसद प्रदीप यादवको संसदीय कोषबाट बनेको उक्त संस्कृति भवनको शनिबार एक कार्यक्रमका बिच सांसद यादवले शिलान्यास हुन ।
जसपाका जिल्ला कमिटि सदस्य एवम् उपभोक्ता समितिका सदस्या प्रयाग राउत थारुको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बालबालिकाहरुले सांस्कृतिक नृत्यसहित सांसद यादवसहितकालाई स्वागत स्वागत गरेका थिए ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नाच घरले थारुहरुको संस्कृति संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । थारु समुदायको बैबाहिक, धार्मिक र संस्कृति कार्यको लागि नाच घर उपयोगी भएको उनले बताए । उनले सोलकपुरमा पक्की सडक बनाउने समेत वाँचा गरे । आफ्नो मन्तव्य राख्दै सांसद यादवले थारुहरु नै नेपालका पुराना र पहिलो बसोबास गर्ने जति रहेको तर आज एउटा सोसित र उत्पीडन मा परेको समुदाय भएको बताए उनले टिकापुर कैलाली घटना सम्झिदै भने टिकापुर आन्दोलन मा नशालिया राज्य साशन बेवास्थाले चरम दमन गरेको र त्यो दमन को बिरुद्ध आवाज उठाउने थारुहरु माथि विभिन्न मुद्दा मा फसाउने सड्यन्त्र अन्तर्गत नै रेश्म चौधरी जस्ता सच्चा आन्दोलनकारी तत्कालिन सरकारले फसाएको सांसद यादवले आरोप लगाए । रेश्म चौधरीलाई कानुनी प्रकृयाबाटै जसपाले न्याय दिलाउने सांसद यादवले विश्वास दिलाए ।

सोलकपुरका पूर्व गाविस अध्यक्ष मुखदेव पञ्जियारले चुनावको सांसद प्रदीप यादवजीले गरेको सबै बाँच पुरा गरेकोले आफूहरु धेरै खुसि भएको बताए ।

धर्मशालाको उद्धघाटन
यस्तै, वीरगंज महानगरपालिका वडा नं. ३१ कोनियामा नवनिर्मित धर्मशालाको पनि सांसद यादवले आजै एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । सांसद यादवको संसदीय कोषबाट बनेको उक्त धर्मशालाको आजै यादवले उद्घाटन गरेका हुन ।

विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश
नवनिर्मित धर्मशाला शिलान्यास गर्दै सांसद यादवले कोनिया र सोलकपुरका ५३ जनालाई जनता समाजवादी पार्टीमा प्रवेश गराएका छन् । नेकपा माओवादी वडा कमिटि अध्यक्ष रुपनारायण पटेल, वडा कमिति सचिव किसोरी राउत कुर्मी, नेकपा एमालेका जिल्ला सदस्य दर्गावती देवी राम, नेपाली कांगेसका विजय पटेल, राजु देवान, महेश साह तेली लगायत ५३ जना जसपा प्रवेश गरेका हुन । नव प्रवेशीलाई फूलमाला, टिका लगाई सांसद यादवले पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला कमिटि सदस्य शेख भिखारी, ईमामुल हवारी, जितेन्द्र यादव, प्रेम अर्याल, सुनिता शर्मा, मुखदेव पञ्जियार, मोहन नारायण यादव, वडा कमिटि अध्यक्ष सुलेमान हवारी लगायतको सहभागिता रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0