google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अस्पतालकै लापरबाहीका कारण सुत्केरी व्याथाले च्यापेपछि सोमवार साँझ भर्ना हुन आएकी धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–७ की शिला यादवको बच्चा नजन्मिदै पेटमै मरेको हो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पहिलो बच्चाको आमा बन्न लागेकी उनलाई सोमवार बेलुकी व्याथाले च्यापेपछि जनकपुरको बाह्रविघा छेउमै रहेको वैदेही हस्पिटलमा उनलाई भर्ना गरिएको थियो ।

साँझ करिब पौने सातबजे भर्ना हुनेबेला १० मिनेटमै डाक्टरलाई बोलाइदिने भनेर अस्पतालमा डयुटीमा खटिएका स्वास्थ्यकर्मीले आश्वसान दिएका थिए ।

‘पहिले भर्ना गर्नुस केही हुँदैन् । हामी डाक्टरलाई फोन गर्दैछौँ । १० मिनेटमै आउनुहुन्छ भनेर आश्वासन दियो । तर बच्चा अन्तिम कण्डिसनमा पुगिसकेपछि राति डेढबजे मात्र डाक्टर आयो,’ शिलाकी श्रीमान रमण यादवले भने, ‘हामीले डाक्टरलाई बोलाइदिन पटक पटक हार गुहार गरिरहयौँ । तर पैसा लुट्ने चक्करमा अस्पतालले विरामीलाई अझै सिरियस बनाउन खोज्यो । मेरो बच्चा त्यसै मरेको होइन् अस्पतालले हत्या गरेको हो ।’

बच्चाको अवस्था बिग्रिएपछि शिलालाई अस्पताले करिब दुईबजे अप्रेशन थिएटरमा लगेको र तीन बजे बच्चाको मृत्यु भइसकेको भनी खबर गरेको रमणले बताए ।

समयमा डाक्टर नआएको कुरा अस्प्तालले समेत स्वीकार गरेको छ ।

डाक्टर नहुँदा समेत अस्पतालले विभिन्न बहानामा विरामीको आफन्तलाई अल्झाउँदै पर्खिन भनेका थिए । विरामी आएकै बेला डा. रोशन मिश्राले गाइनोक्लोजिस्ट डाक्टर सुनिता राय यादवलाई फोन गरेको र आउँदै छु भनेर जवाफ फर्काएपनि नआएको अस्पतालका संचाकल सदस्य समेत रहेका डा. सन्तोष साहले भने ।

मापदण्ड विपरित संचालित यस अस्प्तालमा बिना अल्ट्रा साउण्डकै विरामीको अप्रेशन गर्ने गरिएको छ । ५० बेडको स्वीकृती पाएको यस अस्पतालमा अल्ट्रासाउण्डको सुविधा नरहेको अस्पतालले जनाएको छ ।

सिरियस विरामीलाई अति आवश्यक परेको बेला बाहिरबाट अल्ट्रासाउण्ड गराए अप्रेशन गर्ने गरिएको अस्पतालले जनाएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0