google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

स्मार्ट सिटी योजन र आश्रय निर्माण सेवाकै कारण गौर नगर बदनाम : अध्यक्ष पटेल

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अभिमनु कुमार पटेल, रौतहट।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जिल्लाकै सदरमुकाम गौर नगरपालिका जस्तो ठाउँमा विकासको नाममा अहिले बदमानी मात्र भईरहेको छ जसको मुख्य दोषी भौतिक संरचना निर्माण गर्न जिम्मेवारी पाएको आश्रय निर्माण सेवा कम्पनी हुन ।
आज बुधवार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा गौर नगरपालिकाको वडा नं ३ का वडाअध्यक्ष श्यामसुन्दर पटेलले आफनो वडा स्तरीय विकास कार्य बारे बोल्दै देशमा छुटै पहिचान स्थापित गराउन सधै अग्रज भूमिकामा जिल्लाकै सदरमुकाम गौर रहेको छ ।

गौर नगरलाई समृद्ध र विकसित नगर बनाउनको निमित सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा स्मार्ट सिटी योजना ल्याईएको छ । जुन कार्य आश्रय निर्माण सेवा प्रा.लि नामको कम्पनीले जिम्मेवारी पाएको छ । नगरमा विकास कार्यले छिटै सफलता होस सोचले धमाधम कार्य सुरु सडक, नाला र विस्तार गर्न थालेपछि केही दिन नबित्दै समाजमा राम्रो बदलाव देख्न नसक्ने गलत मनसिकता बोकेको व्यक्तिहरुको कारण आज समग्रमा जिल्लाकै धरोहर सदरमुकामको मुख्य सडकहरुमा खाल्डाखुल्डी र पानी जलमग्न भएको वडाअध्यक्ष पटेलले बताएका हुन ।

केही विकास विरोधी तत्वले गर्दा गौर नपाको मुख्य सडकको विकास योजना अलपत्र परेको हुनाले आजको समयमा जनप्रतिनिधिहरूले गुनासोको सामना र लज्जित भइरहेको छ। सहरी संघन मन्त्रालय द्वारा यस नगरको मुख्य सडकहरूमा विस्तार सहितको नाला र सडक निर्माणको लागि स्मार्ट सिटी योजना आश्रय निर्माण सेवा प्रा.लिको सम्पूर्ण जिम्मेवारी दिएको छ ।

यश सडक र नाला निर्माणको जिम्मेवारी पाएको कम्पनीलाई केही विकास बाध्य मनसिकता बोकेको व्यक्तिहरूको कारण वडा नं ३ मा पर्ने विपी चोक देखि पोखरी टोल, प्रभात चोक देखि अवधेश यादवको चिरान मिल सम्मको बाटोमा अहिलेको प्रस्तिथिमा गाडी वा अन्य सवारी आवतजावत गर्न त धेरै टाढाको कुरा हो पदल यात्रा गर्न धेरै कठिनाइ भइरहेको छ तर यसमा नगर वा वडाले कुनै पनि कार्य आफ्नो कार्यालयबाट गराउन सक्दैन किन कि यसको अधिकार हामीलाई नभएको हुनाले आजको दिनमा वडाबासीहरूको विभिन्न प्रकारको गुनासो र गाली समेत सुन्नु परेको छ ।

तर पनि आफुले सबै वर्ग समुदायको सम्मान अधिकार सहितको विकास कार्य गर्न सधैं लागि परेको वडाअध्यक्ष श्यामसुन्दर पटेल । कुनै पनि समाजमा परिर्वतन ल्याउनका लागि सडक, स्वास्थ्य, बिधुत, कृषि, शिक्षा र ढल निकास रहेको छ । तर यहाँ विकास भईरहेको ठाउँमा उभेर गुणस्तरीय हो वा होइन हेर्न समय दिन नसक्ने आफुलाई समाजको अगुवा वा समाजमा परिर्वतनको सपना हेर्ने व्यक्तिहरुले आजको दिनमा गौर बजारको विकास निर्माण कार्य माथी जिल्ला देखि सर्वोच्च अदालत सम्म मुद्धा गरी सबै निर्माणधिन अवस्था पुर्याएका छन ।

समृद्ध, शिक्षित, विकसित र नमुना नगर वा वडा बनाउनको लागि प्रत्येक नगरबासीले आफनो साथ सहयोग एवं सडक विस्तारको क्रममा पर्ने घर जग्गा शान्तिपूर्ण व्यवहारमा खली गराएर दिनुपर्छ । अनि विकासको निर्वाचित जनप्रतिनिधिहरुले गर्न सकेन भने आमी माथी सामुहिक जनता जनार्धनले खोज्ने अधिकार हो । सरकारसँग गरिएको समझौता अनुसार आफनो कार्य समयमा सम्पन्न गर्न नसकेपछि हामीले सोधपुछ गर्न सक्छौ तर मधेशमा जनप्रतिनिधिको मात्र आरोप लगाउने एक प्रकारको प्रचलन नै भएको महसुश गरिरहेको बताए ।
गौर बिपि चौक देखि पोखरीया टोल हुदै श्री जुद्ध माध्यमिक विद्यालय गौरको छेउ भएर ट्रान्सर्फमर चौक सम्म र तैयब होस्पिटल देखि नगरपालिका कार्यालय सम्म गएको सडक एवम् प्रभात चौक देखि पोखरिया टोल सम्मको बाटोमा जनताले पैदल हिड्न नसक्ने अवस्था रहेको सृजना भएको छ ।

त्यसै क्रममा फरक प्रसङ्गमा बोल्दै विकास भन्नेको हाम्रो समाजमा मात्र सडक निर्माण ,बालुवा गिट्टी र माटो छर्नु बुझिन छ । चुनावको वेला हाम्रो चुनावी एजेन्डा समाजिक सद्भाव, समाजिक कुरिती, विसङ्गति, धार्मिक सहिसुन्ता कायम राख्नु, समाजिक एकतामा एकाअर्कालाई बाध्नु, महिला हिंसा अन्त गर्नु, समाजिक विभेद अन्त्य गर्नु, समाजिक कलह समाप्ति गर्नु मुख्य एजेन्डा थियो जुन अहिले धेरै सुधार भएको छ ।

साढे तीन वर्ष बितिसक्दा कुनै किसिमको समाजिक समस्या उत्पन्न हुन नदिएको जनताले दिएको जिम्मेवारी अभै डेढ वर्ष बाकी रहेको समय अवधीमा काम गर्ने मौकालाई जनताको इच्छापत्र अनुसार भौतिक निर्माणमा इतिहास कायम गर्ने प्रतिबद्धता जनाए । चन्द्रेश्वर राउतको घर हुँदै पूर्व सांसद अब्दुल कलाम अजादको घर सम्म गएको सडक हाल सम्म अवरुद्ध रहेको छ ।

राउत चुनावमा प्रतिद्धन्दीको रुपमा तत्कालीन माओवादीको तर्फबाट प्रत्यासी थियो तर उहाँको घरको छेउ भएर गउको सडक धेरै पुरानो रहेतापनी उहाँकै घर अगाडीको नयाँ घर निर्माण गरेको व्यक्तिले सडकमै कमपाण्ड वाल बनाई कब्जा गरेको छ । समाजिक तरिकाले पटक पटक छलफल गर्दा नमानेपछि राउतले पनि आधी भन्दा बढी सडक निजीकरण गरी घेराउ गरेको कारण सो बाटोमा आवतजावत गर्ने सर्वसधारण जनतालाई धेरै सास्ती पोख्नु परिरहेकोले दुबै घरधनीले एक आपसको मतभेदले जिल्ला देखि सर्वोच्च अदालत सम्म मुद्धा गरेकोे पटेलले बताएका हुन् ।

सदरमुकाम गौर जोड्ने टिकुलिया टोल स्थित लालबकैया नदीमा बर्षौ देखि अलपत्र अवस्थामा पुल निर्माणाधीन रहेको छ । स्थानीय, प्रदेश र केन्द्रिय चुनाव हुनु भन्दा पुर्व पुलको शिलान्यास स्व पुर्व प्रधानमन्त्री सुशील कोइराला द्धारा भएको थियो तर स्थानीय स्तरबाट पुलको निर्माण अवरुद्धको विषयमा लिएर ध्यानाकर्षण गराउनका लागि पटक पटक आन्दोलन र ज्ञापनपत्र सम्बन्धी निकायमा बुझाए पनि संघीय सरकारले कानमा तेल हाली मधेशको विकासमा भेदभाव गरेको प्रष्ट देखिन्छ बताए । पप्पु कन्ट्रक्सन निर्माण कम्पनीको चरम लापरबाहीको कारण लालबकैयामा पुल निर्माण हुन सकेको छैन । लगभग दुई बर्ष पहिला ढुङ्गा दुर्घटना भएको थियो सो क्रममा करिब एक दर्जन भन्दा बढी मान्छले आफनो ज्यान गुमाएको थियो ।

लालबकैया पुल रौतहटको गौर र ईशनाथ नगरपालिकाको बिच सिमामा रहेको हुदा दुबै नगरपालिकाको मेयर लगायतका टोली पटक पटक प्रधानमन्त्री समक्ष डेलिकेशन लिएर गएपनी पुल निर्माणमा लागेको पप्पु कन्ट्रक्सन निर्माण सेवाले देशमा कालो सुचिमा रहेकालाई कार्यवाही हुनुको सट्टो पुल निर्माण कार्यको अन्तिम म्याद सकिएको हुदा पनि म्याद थपिने रबैयामा केन्द्रीय सरकारको नियत माथी स्थानीय बासीले प्रश्न उठाउन थालेको बताएका छन् ।

सभार cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0