google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / भारत बाट आउने पर्यटकहरुलाई नेपाल प्रवेशको क्रममा नेपाली संस्कृति, भेषभुसा तथा पर्यटकिय रमणीय सामग्री झल्किने स्वागत द्वार निर्माण कार्य थालनिको निम्ति बिराटनगर भन्सार कार्यालय रानीको मुख्य नाकामा स्वागत द्वार निर्माणको लागी गर्नको लागी मुख्यमंत्री सेरधन राई सहित को टोलीले आईतवार दिउसो निरिक्षण गरेका छन ।
बिराटनगर भन्सार कार्यालय रानीमा पर्यटकिय दृष्टिकोण ले भरि भराउ प्रदेश नम्बर १ मा आउने भारतीय पर्यटकहरुको स्वागत गर्न मुख्य नाका को रुपमा रहेको रानी जोगबनि नाका हुदै दैनिक हजारौको संख्यामा पर्यटकहरु आउने हुनाले सो ठाउमा व्यवस्थित तरिकाले स्वागत द्वार निर्माण गर्न कुन ठाउ सहि र उपयुक्त हुन्छ भनि प्रदेश नम्बर एक को मुख्यमंत्री सेरधन राई सहित मन्त्रिहरुको टोली, बिराटनगर महानगर पालिका को मेयर भिम पराजुली, जिल्ला प्रशासन कार्यालय मोरङ्ग प्रमुख तथा बिराटनगर भन्सार कार्यालय रानी प्रमुख सहित को टोलीले छलफ़ल गरेका छन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0