google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बीरगञ्ज २१, मंसिर ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

ब्रिटानिया नेपाल प्रा.लि लिपनी बिर्ता वीरगंजमा कार्यरत १२ जना स्थानीय मजदुरहरुलाई बिना कारण निस्कासित गरिएको बिरोधमा भइरहेको धर्ना प्रदर्शनमा आइतबार संघिय सांसद प्रदिप यादवले एकबद्धता जनाएका छन् ।

सांसद यादवले आफ्नो जायज मांगका लागी शान्तिपुर्ण तरिकाले धर्नामा बसेका मजदुरहरुलाइ यदि प्रहरी प्रशासनले अनाहक जेलमा लगे संगै आफु पनि जान तइयार रहेको बताए । उनले अहिंसाको आन्दोन नगर्न सम्पुर्ण मजदुरमा अनुरोध गर्दै यदि कसैले दमन शोषण डर धम्कि देखाए तुरन्त आफुलाइ जानकारी गराउन बताए ।

‘मजदुरहरुको मांग भनेको उनीहरु माथि लागेको गलत मुद्धा खारेज गरी १२ जना मजदुरलाइ पुर्न बहाली गर्नुपर्ने हो ,‘उनले भने ‘यस विषयका आजै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरिक्षसंग छलफल गर्ने छु ।’ साथै उनले आवश्यक परे श्रम मन्त्रालय सम्म मजदुरको समस्याको बारेमा कुराकानी गर्ने बताए ।

मजदुरहरुको जायज मांगको सुनुवाइ नभए यसका लागी प्रदेश सरकारले पनि साथ दिने सांसद यादवले बताए ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0