google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

भारतद्वारा नेपाल सरकारलाई कोभिड–१९ विरुद्घ लड्न २००० भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

भारतद्वारा नेपाल सरकारलाई कोभिड–१९ विरुद्घ लड्न २००० भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान गर्नुभयो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन साह,बिराटनगर

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २०७७ भाद्र ३० गते दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गर्नुभयो ।

कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको हो । यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरडिटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ । निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको छ ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो । चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउँछ ।

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0