google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / धार्मिक आस्था जोडिएको पिपलको रुख काट्ने र बचाउनेको बिच कडा संघर्ष सुरु भएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर १६ मा रहेको पिपलको रुख आफ़्नो जग्गामा रहेको दाबि गर्दै उक्त ठाउ खालि गराउन पहल गरिरहेका बेला सोही रुख संग धार्मिक आस्था जोडिएका सर्वसाधारणहरु त्यहा मन्दिरको निर्माण हुनुपर्ने अडान लीइ दुवै पक्ष संघर्षरत छन । बिवादित स्थानमा रहेको पिपलको रुख काट्ने वा त्यहा मन्दिरको निर्माण हुने विषयमा बिवाद मिलाउन त्यहाका जनप्रतिनिधी, समाजसेवी, तथा अग्रज नेताहरु पनि लागीपरेका छन । मन्दिर बनाउने विषयमा एउटा सामाजिक मुद्दा भएको र कसैको व्यक्तिगत स्वार्थ नरहेको हुदा मन्दिर निर्माण गर्ने तर्फ़ धर्म प्रति आस्था राख्ने धेरैको समर्थन रहेको देखिन्छ ।

आफ़्नो जग्गा अतिक्रमण गरेर रुख मुनि मन्दिर बनाएर आफ़ुलाई दुख: दिने स्थानियको नियत भएको नेवटियाको दावी रहेको छ । नेवटियाले उक्त स्थानमा ब्यापारिक प्रयोजनकोलागी छाप्रो निर्माण गर्ने बताएका हुन । तर स्थानियका अनुसार नेवटियाले दावि गरेकै ठाउमा सार्वजनिक पानि बग्ने नाला भएको र सरकारी ठाउमा मन्दिर निर्माण हुदा कसैलाई कुनै समस्या नहुनुपर्ने सबै को भनाई रहेको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0