google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / बिराटनगर १८ स्थित झटियाहीमा एक घरमा आगलागी भएर घर जलेर पुर्ण रुपमा नस्ट हुनुका साथै घरमा भएको एक १४ वर्षीय बालकको जलेर मृत्यु भएपछी उक्त परिवारलाई राहत प्रदान गर्न को निम्ति नेपाल वैश्य युवा संघ मोरङ्ग परिवार द्वारा राहत सामग्री संगसंगै सत्तामा नभएर पनि आफ़्नो क्षेत्र र जनता प्रति समर्पित रहेका समाजसेवी तथा नेपाली कांग्रेस मोरङ्ग जिल्ला सदस्य साथ साथै नेपाल वैश्य युवा संघ मोरङ्गका सल्लाहकार समेत रहनुभएका बिराटनगर १५ निवासी राजेश गुप्ताले ११ हजार रुपैया नगद सहित राहत बितरण गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

नेपाल वैश्य युवा संघ मोरङ्ग परिवार द्वारा एक महिना पुग्नेगरि खाद्यान्न सामाग्री उपलब्ध गराएका छ । उक्त राहत सामग्रीहरुमा पिडित परिवारलाई सामान्य सान्त्वना स्वरुप चामल , दाल, नुन, साबुन, सोयाबिन, आलु, प्याज, भुजा , चिउरा , तेल, चाउचाउ , बिस्कुट , आटा, भुजिया लगायतका सामान सहित तत्काल राहत उपलब्ध गराएका कुरा नेपाल वैश्य युवा संघ मोरङ्ग को अध्यक्ष गणेश साहले बताउनुभयो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0