google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज, १० पौष : पर्सामा नेकपा ओली समूहको पल्लाभारी हुन सक्ने अनुमान लगाउन थालिएको छ । चुनाव लडेका जनधारण युक्त व्यक्ति उक्त क्याम्पमा प्रवेश सँगै ओली कम्पनीको वर्चश्व स्थापित भएको अनुमान लगाउन थालिएको हो । निर्वाचन क्षेत्र नं. १ बाट बसरुद्धिन अन्सारी, ३ बाट राजकुमार गुप्ता, प्रद्यम्न चौहान, ४ बाट जयप्रकाश थारु र संविधान सभा सदस्य जुनैद अन्सारी, जिल्ला अध्यक्ष प्रभु हजरा, केन्द्रिय सदस्य निर्मला देवकोटा, प्रदेश सदस्य बिना शर्मा, डा. विश्वम्बर शर्मा, राजमहम्मद अन्सारीलाई ओली नेतृत्वको केन्द्रिय सदस्यमा चयन गरेसँगै यस जिल्लामा उनीहरुको जबरजस्त उपस्थितीको अनुमान गरिएको हो । आज राजधानीबाट सिमरा बिमानस्थलमा उत्र्ने वित्तिकै राजकुमार गुप्ता र बसरुद्धिन अन्सारीलाई यूवाहरुले भव्य स्वागत गरेपछि उनीहरुको मनोबलमा बढोत्तरी आएको बताइन्छ । उनीहरुलाई यूवा नेताहरुले नेपाली ढाका टोपी, खादा, फुलको माला र अबिर लगाएर भव्य स्वागत गरेका हुन् । यूवा संघ नेपालका अध्यक्ष महम्मद निजामुद्धिनको नेतृत्वमा गएको यूवा टोलीले उहाँहरुलाई सम्मान गरेको हो । समारोहमा यूवा नेताहरु नितेश वर्णवाल, सञ्जिव मिश्र, आरोहण साह, हनिफ मियाँ, अखलेश साह, राजन साह, अनिल ब्याहुत, महम्मद अन्सारी , राहुल तमांग, महम्मद मेराज, वार्ड ८ का अध्यक्ष राजकिशोर गुप्ता लगायतको टोलीले स्वागत गरेको थियो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0