मिल्स एरियाको दुर्गा मन्दिरमा भिडभाड नगर्न र घरमै बसेर पुजापाठ गर्न व्यवस्थापन समिति द्वारा अनुरोध

मिल्स एरियाको दुर्गा मन्दिरमा भिडभाड नगर्न र घरमै बसेर पुजापाठ गर्न व्यवस्थापन समिति द्वारा अनुरोध

0
Pacharauta

पवन शाह
बिराटनगर / कोरोना महामारीको कारणले गर्दा बिराटनगर १६ मा रहेको मिल्स एरियाको सबै भन्दा पुरानो तथा एक सय वर्ष पुरानो ईतिहास बोकेको दुर्गा मन्दिरमा यसपाली नित्य पुजा कर्म बहेक हजारौ भक्तजनहरुको लागी बन्द रह्ने छ ।

समुदाय स्तरमा ब्यापक भयावह रुपमा कोरोनाको संक्रमण फ़ैलिसकेको अवस्थामा पुजा पाठ को निम्ती हुने भिड भाड मा संक्रमण को जोखिम उच्च हुने खतरा भएकोले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा मंठ, मन्दिर, शक्तिपिठहरुमा दशै को अवशरमा भक्तजनहरुलाई संक्रमणको जोखिम नहोस भनि मन्दिर व्यवस्थापन समितोले यस्तो निर्णय गरेको हो । दुर्गा मन्दिर व्यवस्थापन समितिले बिहिवार मन्दिर परिसरमै पत्रकार सम्मेलन गरी यस विषयमा बताउदै सबैश्रद्घालु भक्तजनहरुलाई घरमै बसेर पुजा गर्न अनुरोध सनेत गरेकाछन ।

Leave A Reply

Your email address will not be published.