google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्र​ह​रीको कुटाईबाट​ एक थुनुवाको म्रृतयु भ​एको आरोप​

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

उद​य​ तिवारी 

रौतहट । रौतहट स्थित हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजना युवकको गएराती मृत्युु भएको छ ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

गरुडा नगरपालिका ८ जिंगडियाका २० बर्षिय निरञ्जन राम चमारको हत्याको आरोपमा पक्राउ परेका सोही ठाँउका १९ बर्षिय बिजयराम चमारको मृत्युु भएको हो ।
बिजयराम चमारको उपचारको क्रममा बिरगंज स्थित नेशनल मेडिकल कलेजमा गएराती साढे १२ बजे मृत्युु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले पुुष्टी गरेका छन ।
मृतकको शव हाल नेशनल मेडिकलमै रहेको प्रहरीले जनाएको छ । गत साउन ३१ गते निरञ्जन रामको अबैध संबन्धको कारण धारीलो हतियारले घाँटी रेटेर हत्या गरी गाँउछेउमा शव फालिएको थियो ।
प्रहरीले अनुसंधानको क्रममा सोही ठाँउका २० बर्षिय अजयकुमार रंजन,१९ का बिवेक यादव,१९ का अर्जुुन राम,१९ का सिकिन्द्र राम,१९ का बिजयराम चमार,शेख आजाद सहीत ७ जनालाई पक्राउ गरेको थियो ।
शेख आजादको परिवारका एकजना महिला संग अबैध संबन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथी संग मिलेर निरञ्जन रामको हत्या गराएको प्रहरीको निस्कर्ष रहेको छ ।
पक्राउ परेकाको बयान र प्रमाणको आधार देखाउँदै गत १ गते ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले सातैजना माथी ज्यान संबन्धी मुद्धा दायर गरी जिल्ला अदालत बाट म्याद समेत थमाएर सोहीदिन सार्वजनिक गरेका थिए ।
उता सार्वजनिक भएको भोलीपल्ट देखी नै बिजयका परिवार तथा दलित संघर्ष समिति रौतहटले चरणबद्ध रुपले गरुडा प्रहरीको बिरोधमा प्रदर्शन तथा आन्दोलन गर्दैआएका छन ।
मृतक बिजयराम चमारका बुवा पनीलाल राम चमारले निदोर्ष छोरालाई हत्यामा फँसाउन तिन तिनजना प्रहरीले एकसाथ लाठी बर्षाएको र हिरासतमा थर्डडिग्री समेत प्रयोग गरेर प्रहरीले आरोप कबुुल गराएको बताउँदै आएका छन ।
प्रहरीले हत्याका मुख्य योजनाकार लाई छोडेको र यातनाको भरमा आरोप कबुल गराएकै कारण बिजयराम चमार यातना सह्नगर्न नसकेर मृत्युु भएको उनका बुवा र् पनिलाल रामले दाबी गरेका छन ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले पनिलाल रामको ओरोपको खण्डन गर्दै बिजयराम ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा हुँदा पिसाबमा समस्या देखिएपछी उनलाई स्थानिय अनामिका अस्पतालमा उपचारका लागी भर्ना गरेको बताए ।
अनामिका अस्पतालमा उपचारको क्रममा बिजयरामको किडनी संबन्धी खराबी देखिएकाले डाक्टरको सलाह अनुसार दुुईदिन अघि थप उपचारको लागी नेशनल मेडिकल अस्पताल बिरगंज रेफर गरीएको थियो ।
नेशनलमा बिजयरामको पिसिआर टेस्टगरी किडनीको दुुईपटक डायलासिस समेत गरेको र  दुुईटै किडनीले कामगर्न छोडेको कारण गएराती मृत्युु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठको दाबी छ ।
यसैबिच बिजयराम चमारको मृत्युुको खबरले गरुडा क्षेत्रमा अहिले तनाव बढेको छ । गरुडामै अहिले दलित अगुुवाहरु बसेर अगामी रणनिति बारे छलफल गरीरहेका छन ।
सबैको सलाह् र निर्णय अनुसार प्रहरी बिरुद्धको आन्दोलन अगाडी बढाउने एकजना दलित अगुवा राजगिर राम चमारले बताएका छन ।सँम्भार​:-cinnepal.com

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0