google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

थारु पत्रकार संघद्वारा माघी मिलन कार्यक्रम सम्पन्न

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

थारु पत्रकार संघद्वारा माघी मिलन कार्यक्रम सम्पन्न
अनिल पाण्डेय
कलैया बारा
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
थारु पत्रकार संघ नेपाल जिल्ला कार्य समिति बाराले मंगलबार कोल्हवीमा माघी मिलन कार्यक्रम सम्पन्न गरेको छ । थारु समुदायको नयाँ वर्षको रुपमा मनाउदै आएको यस अवसरको पुर्व सन्धयामा थारु पत्रकार संघ नेपाल बाराले बुधवार यो कार्यक्रम गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरीले थारु जातीका उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दै आएको तर यसका लागि सबैको सहकार्यको आवश्यक्ता रहेको बताउनुभएको थियो ।  उहाँले एकै ठाउँमा उभिएर थारु समुदाय अनेक विचारमा विभावित हुँदा खास मुद्धा ओझेल परेको वहाँको भनाइ थियो ।
यस्तै बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जात भन्दा वर्गीय विकासमा जोड दिनु पर्ने बताउनुभयो । शिक्षा आजको विकासको मुल आधार भएकाले सबैखाले शिक्षामा जोड दिन वहाँको आग्रह थियो ।
कार्यक्रममा थारु पत्रकार संघ नेपालका केन्द्रिय कोषाध्यक्ष दुष्यन्त चौधरी, थारु पत्रकार संघ नेपालका केन्द्रिय सदस्य रेनु चौधरी, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्याय , कोल्हवी नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष पुरनदेव प्रसाद चौधरी, थारु यूवा समाजसेवी बिरेन्द्र प्रसाद पनुहर , तामागढी वन व्यवस्थापन साझेदारीका अध्यक्ष रबिन्द्र पनुहर , सपही क्याम्पसका संचालक समितिका अध्यक्ष रामप्रसाद चौधरी, सपही क्याम्पसका सभा अध्यक्ष एवं अनुपदिपनीका माध्यमिक विधालयका पूर्व प्रचार्य केवल प्रसाद चौधरी, कोल्हवी नगरपालिकाका उप नगर प्रमुख सुनैईना देवि थरुनी , थारु कल्याणकारीणी सभाका जिल्ला सभापती रामप्रसाद चौधरी  लगायतकोले मन्त्वय व्यक्त गर्नुभएको थियो ।
 थारु पत्रकार संघ नेपाल बाराका जिल्ला अध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बारा निर्वाचन क्षेत्र नम्बर १ ( क ) का प्रदेश सभा सदस्य त्रिलोकी चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन ज्ञानेन्द्र चौधरी तथा मिनाक्षी चौधरीले गरेको थियो । भने स्वागतम मन्त्व्य नन्देश्वर चौधरीले गरेको थियो ।
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 

 

सँम्भार:-cinnepal.com


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0