google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जसपा घटक सपा प्रदेश समिति भित्र अध्यक्षको हुकुमी शैली प्रति बिरोध

जसपा घटक सपा प्रदेश समिति भित्र अध्यक्षको हुकुमी शैली प्रति बिरोध

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

दमक / जनता समाजवादी पार्टी नेपालकाे एक घटक समाजवादी पार्टीकाे १ नं प्रदेश समितिले पार्टी निर्देशन विपरीत गतिविधि गर्दै पार्टी केन्द्रलाई चुनाैती दिएकाे छ ।
प्रदेश कमिटीकाे पदाधिकारीकाे दमकमा २ दिन चलेकाे बैठकले जनता समाजवादी पार्टीले जारी गरेकाे अन्तरिम बिधान र समायोजन निर्देशिका २०७७ बिपरित निर्णयहरु गर्दै पार्टीलाई ठाडो चुनाैती दिएकाे हाे । समायोजन निर्देशिकामा निर्देशिका जारि भएपछि पुर्वपार्टिकाे नाममा कुनै संगठन गर्न नपाईने उल्लेख भए पनि समितिकाे वैठकले समाजवादी पार्टीकै नाममा समितिकाे सदस्यहरुकाे मनाेनयन र पुर्वपार्टीकै नाममा निकायहरुकाे निर्माण गर्ने काम गरेकाे स्राेतले जानकारी दिएकाे छ । बैठकले १६ जनालाईप्रदेश सदस्यमा मनाेनित गर्ने र ५ वटा निकायहरुकाे निर्माण गर्ने काम गरेकाे हाे ।
उक्त ऐेजेण्डामा समितिका पदाधिकारीहरु बिचै मतभेद भए पनि बहुमतकाे अाधारमा निर्णय गरिएकाे थियाे । स्राेतकाे अनुसार ऐेजेण्डा निर्देशिका बिपरित भएकाे भन्दै समितिका सचिव भरत दाहाल र काेषाध्यक्ष बिनाेद नेम्वाङले फरक मत राखेका थिए । साे विषयमा सहमति जुट्न नसक्दा समितिकाे बैठक २ दिन सम्म लम्बिएको थियाे ।
तेस्तै बैठकले पार्टीको बिधान र निर्देशिकामा उल्लेखित पार्टी मताहतका समितिहरु समायोजन गर्दा एक व्याक्ती एक पदलाई कार्यन्वयन गर्नु पर्ने बुदा सम्भव नहुने भन्दै सच्यायन पार्टी केन्द्रलाई चुनाैती दिएकाे छ । साे बुदालाई ऐजेण्डाकाे रुपमानै छलफल गरि सच्याउनकाे लागि लेखी पठाउने निर्यण गरिएकाे बताईएकाे छ ।
समितिका अध्यक्ष प्रविण चामलिङकाे अध्यक्षतामा यहि असाेज २३ र २४ गते सम्म झापाको दमकमा बैठक चलेकाे थियाे । गत बैशाखमा प्रधानमन्त्री केपि अाेलीले दल फुटाउने विधेयक जारी गरे पछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी बिच एकता भई जनता समाजवादी पार्टी(जसपा) बनेकाे हाे ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0