google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / मुख्य नाका सिल भएको अवस्थामा भारत बाट लुकी छिपि नेपाल आउने एक जना व्यक्तिको साथ बाट एक लाख उनानसय हजार भारतीय रुपैया सहित सुरक्षाकर्मीले नियंत्रणमा लिएका छन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

हुन्डीको कारोवार गर्नेहरु सक्रिय भई खुला सिमाको फ़ायदा उठाउदै कार्य गरिरहेको बेला खुला सिमा रहेको प्रहरी चौकी मटियरुवा बाट सुरक्षा चेक जाचको क्रममा खटेको प्रहरी टोलीले व्यक्तिको साथ बाट रकम बरामद गरेका हुन । शुक्रवार अपराह्न ४ बजेको समयमा भारत बाट नेपाल आउदै गरेको एक जना व्यक्तिलाई आउने क्रम्मा सुरक्षाकर्मिलाई देखेर असहज महशुस गर्ने भएको देखेर भारत सुन्दर बिहार दिल्ली मा बस्ने वर्ष ५६ को महेश चन्द्र को सामान चेक जाचको क्रममा रकम बरामद भएको हो । बरामद गरिएको रकममा नेपालमा प्रतिबन्धित रु ५ सय दरको नोट ३ सय ९० थान र रु २ हजार को नोट दुई थान गरी जम्मा एक लाख उनानसय हजार भारतीय रुपैया बरामद भएको हो । बरामद भएको रकम सहित अस्थाई प्रहरी चौकी मटियरुवा प्रमुख प्रसनी बाशु कार्की ले आवश्यक कार्वाहीको लागी इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0