google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
सासु भता अनलाईन प्रणालिमा हुदापनि बारामा अहिले पनि हस्तलिखित मै
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
अनिल पाण्डेय
कलैया बारा
बाराको आदर्श कोतवाल गाँउपालिकामा समाजिक सुरक्षा भता अहिले पनि हस्तलिखित मै बितरन भईरहेको पाईएकोछ। देशमा सबै पालिकाहरुले समाजिक सुरक्षा भता तथा जेष्ठ नागरीक भता, एकल महिला
भता बैँकिङ्ग प्रणालिमा गई सकेको भएपनि आदर्श कोतवाल गाँउपालिकामा अहिले पनि पुरानै तरिकाबाट सचिव तथा वडा अध्यक्षको हालि मुहालिमा सासु भता बितरन भईरहेको छ।
आदर्श कोतवाल गाँउपालिका वडा न १ मा आमिचन राम महराको पत्नि कैलसिया चमईन को मृत्यु यहि असाढ २ गते भएको उनको म्रृत्युदर्ताबाट प्रमाणित हुन्छ। बितेको आर्थिक बर्षको मँसिरदेखि नै उनको पतिले आज सम्म सासु भता पाएको छैन्न। जबकि नेपल सरकारको नितिनियनमा मृत्यु भएको अघिलो महिना सम्मको सासु भता मृत्यु भएको ब्यक्तिको नाता प्रमाणित ब्यक्तिले पाउने बेवस्था रहेको छ। आमिचन राम चमारले आफ्नो पत्निको मृत्युदर्ता लीइ गाँउपालिकाको प्रमुख प्रशासकिय प्रमुख प्रमोद साहनिर जादा तपाईको सासु भता माँग नै नभेकोले अहिले हामि दिन नसक्ने बतएकाछन। सबै जनाको सासु भता बितरन भैसकेपछि मात्र बाकि रहेको रकमबाट मिलाउने जानकारी गराउदै महरालाई बताएकाछन। बिगतको दिनमा सासु भता वडा कार्यालय मार्फत बितरन हुदा पनि अहिले हामी पनि बैँकिङ्ग प्रणालिमा जाने सम्पुर्ण तैयारी गरीसकेको पनि कार्यालय प्रमुख साहले जानकारी गराउनु भयो। सोहि गाँउपालिकाको लेखापाल सुबोध कुशवाहासँग कार्यालय प्रमुख साहले बुझ्दा वडा न १ बाट १३ जनाको छुट भएको छ। सासु भता पाउने ब्यक्तिले आ आफ्नो सम्पुर्ण कागजात वडा अध्यक्षलाई बुझाएको तर ईन्ट्रि हुन नसकेर छुट भएको हो भनि जानकारी प्राप्त भएकोछ।
वडा अध्यक्ष राजिन्द्र पटेलसँग जानकारी लिदा १२ जना सासु भता लिने ब्यक्तिको नाम छुट भएको छ आज हामि सबैको रेकर्ड मिलाउदा फेला परेको हो। आमिचन राम महाराको पत्निको मृत्यु एक बर्ष पहिला नै भईसकेको हुनाले आफुहरु माँग नगरेको हो। मेरो वडा बासि भएकोले स्वम् आफु नै उस्को १३ औ पुन्यतिथिमा गई भोजभतेरमा समेत सामिल भएकोले जानकारी रहेको बताउनुभयो। मृत्युदर्ता चाँहि नयाँ वडा सचिव आएकोले झुक्याएर बनाएकोहोला म भोलिनै यस्को सोधपुछ गरि पता लगाउने जानकारी समेत वडा अध्यक्ष पटेलले बताउनुभएकोछ।
गाँउपालिका अध्यक्ष मुस्तफा अँसारीसँग जानकारी लिन खोज्दा उहाँ कलैया जानुभएको छ। मोबाईलमा फोन गर्दा रिसिभ नभएकोले जानकारी प्राप्त नभएको हो। फाल्गुन महिनामा नै सासु भताको दोस्रो किस्ता पाउनुपर्नेमा गाँउपालिका अध्यक्ष स्वम् सबै जेष्ठ नागरिकसँग माफि माँगि अहिले पैसा नभएको कारण ले बैशाखमा दिने बाचा गर्नुभएको थियो तर चैत्र ११ गतेदेखि देशभरि नै लकडाउन भई सम्पुर्ण कामकाज थप भएकोले अहिले आएर बितरन भैरहेकोमा आफु तिन दिनदेखि गाँउपालिकाको कार्यालयमा सम्पुर्ण प्रमाण लीई दौडिरहेको भएपनि केहि उपलब्धि प्राप्त नभएको हो। दलित र गरिब भएकोले सास्ति खेप्नु परेको गुनासो पनि महराले गरेकाछन।
सँम्भार:- cinnepal.com
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0