google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जितिया पर्वमा स्थानिय बजार कंगाल पारी को व्यापारी मालामाल

जितिया पर्वमा स्थानिय बजार कंगाल पारी को व्यापारी मालामाल

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
पवन शाह

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / कोरोना महामारी को कारणले लामो समय देखीको लक डाउन र निषेधाज्ञा ले गर्दा सबैको जनजिवन प्रभावित भएको बेला बन्द रहेकै पसल व्यवशायीहरुले घरबाटै भाडा तिरिरहेको थियो अहिले जिल्ला प्रसाशण कार्यालय मोरङ्गले बिहानको ५ बजे देखी बेलुकीको ७ बजे सम्म स्थानिय बजार खोल्न दिएपनि ब्यापार भने शुन्य रहेको छ ।

नजिक रहेको चाड पर्वमा केही ब्यापार हुन्छ कि भनि पसल व्यवशाय संचालन गरेपनि केहि सस्तोको लोभमा सिमावर्ति एरियाका स्थानियहरु पारी नै जाने गरेको हुनाले स्थानीय व्यापार व्यवसाय मारमा परेको छ । बिहिवार रहेको जितिया पर्वको निम्ती सिमावर्ति एरियाको महिलाहरु सयौ को संख्यामा समुह बनाएर खुला नाकाको फ़ाईदा उठाउदै विभिन्न नाकाहरु बाट नेपाल पारी भारत तर्फ़ जाने गरेका छन । कतै १०जना ,कतै २०जना त कतै ५० जनाको समुह बनाएर हजारौ महिलाहरु पारी जाने गरेका हुन । बिराटनगर महानगर पालिका भित्रै तथा नजिक को नाकाको कुरा गर्नेहो भने दरैया, दक्षिण गेट, इश्लामपुर, भेडियारी, बुद्धनगर, भुटाहा, कुढेरिया लगायत तरिगामा सम्मको ठाउहरु बाट कतै खेत को बाटो त कतै नाला तरेर भएपनि पारी आवत जावत गर्नेगरेको सजिलै देख्न सकिन्छ । खुला सिमा नाकामा हरेक ठाउमा प्रहरी र सशस्त्र प्रहरी खटिएपनि महिलाहरुले कसैलाई नटेर्ने गरेको प्रहरी हरुले रोक्न खोज्दा पनि प्रहरीहरु संगै बाज्ने विरोध गर्ने जस्ता कार्य गर्न पनि पछी पर्दैनन । त्यस्तो अवस्थामा महिलाहरुलाई रोक्न छेक्न समस्या भैइरह्ने गरेको त्यहा खटिने प्रहरीहरु बताउछन । भारत बाट ल्याउने सामानहरुमा खाद्ध्यान्न सामग्री र तरकारीहरु हुनेगरेको छ । चाडबाड को बेला हो भने एक जोर कपडा सम्म ल्याउन मात्र पनि जोखिम मोलेर पारी वारी गर्न तयार रहन्छन । महिलाहरुको यस्ता क्रियाकलापले संक्रमण को खतरा त बढ्छ नै संग संगै स्थानिय ब्यापार समेतलाई असर पर्ने गरेको देखिन्छ ।

अहिले त्यति मात्र न भएर सिमा नाकामा प्रहरी र सशस्त्र प्रहरीहरु चौबिसै घण्टा तैनाथ रहेपनि त्यस्तोको फ़ाईदा उठाउदै अवैध धन्दा, तसकरी गर्नेहरुले मौका पाउने गरेको सिमामा कडाई को बावजूद पनि इलाका प्रहरी कार्यालय, बोर्डर आउट पोस्ट र जिल्ला प्रहरी कार्यालयको टोलीहरुले अवैध रुपमा नेपाल ल्याईएको सामानहरु दैनिक बरामद गर्दै भन्सार दाखिला गर्दै आईरहेको प्रहरीहरु बताउछन । हुनत अहिले केही फ़लफ़ुल लगायतका सामग्रीहरु नेपाल बाटै लुकीछिपि भारत तर्फ़ लगिने गरेको र फ़ेरी त्यही फ़लफ़ुलहरु पुनः नेपालीहरुलेनै भारत तर्फ़ बाट खरिद गरेर ल्याउने गरेका छन।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0