google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

आइतवार देखि गौरका विद्यालय खुल्ने

बिकाश पाण्डेय //रौतहट//अशोज – ०६ -१७  

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको गौरका विद्यालयहरु आइतवारबाट संचालनमा आउने भएको छ । गौर नगरपालिकाको कार्यपालिका बैठकले सदरमुकाम गौरमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुलाई सिकाई केन्द्रको रुपमा संचालनको अनुमति दिएको हो । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन शिक्षण तथा बैकल्पीक शिक्षण विधीहरुबाट सिकाई शिक्षण कार्य संचालन गर्न निर्देशन दिए पनि गौरको हकमा सो विधि प्रभावकारी नभएको र लकडाउन खुले पछि वातावरण अलि सहज भए पछि विद्यालयहरुलाई सिकाइ केन्द्रका रुपमा संचालनको अनुमति दिएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले जनाएका छन । विद्यालय सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार गौर नगरपालिकामा सामुदायिक सिकाइकेन्द्रहरु नरहेकोले अर्को व्यवस्था नहुन्जेल सम्म समाजिक र भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड बमोजिम प्रतिकक्षा बढीमा २० जना बालबालिका सहभागी हुने गरी मास्क तथा सेनेटाइजर प्रयोग गरी सिकाई केन्द्रकोरुपमा संचालन गर्न नगरपालिकाले निर्देशन दिएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनको गौर नगरकमिटिले पनि आइतवारबाट बोर्डिङ्ग स्कूलहरु संचालन हुने जनाएको छ । कोरोना महामारी जारी नै रहेकोले सम्बन्धीत सबै विद्यालयहरुले आवश्यक सुरक्षा सर्तकता अपनाएर कक्षा संचालन गर्न प्याब्सन गौरले सम्बन्धीत सबै विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

 


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0