google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

हथियार सहित पाँच जना मोरङ्ग प्रहरीको नियन्त्रणमा

हथियार सहित पाँच जना मोरङ्ग प्रहरीको नियन्त्रणमा

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन साह

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर / बिराटनगर-४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेका छन ।

पक्राउ पर्नेमा मोरङ कटहरी-२ का २७ बर्षीय अभिसेक राय,२८ बर्षीय रविन शर्मा,२६ बर्षीय किसन साह यसै गरी सप्तरी बोधेबर्साईनका-८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामदी घर बताउने २७ बर्षीय राजु साह रहेका छन ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साझ पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवाईयल सेट , १ थान चक्कु, कोटेक महिन्द्रा नामको भारतिय बैङ्कको २ थान चेक र नगद नेपाली रुपैया १८ हजार २० र भारतिय रुपैया ४९ हजार ४ सय ५० समेत फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेका यो समुहले संगठित रुपमा अपराधिक समुह स्थापना गरी, विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै पक्राउ परेका पाँचै जना उपर हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0