बिओपि रानी द्वारा सय किलो माछा नष्ट

बिओपि रानी द्वारा सय किलो माछा नष्ट

0

मोहमद इर्शाद
बिराटनगर / प्रदेश नं. १ सरकारले महामारीका बेला भारतबाट आउने मरेको माछा प्रतिबन्ध लगाएको बेला अवैध रुपमा चोरी पैठारी गरी ल्याएको प्रतिबन्धित माछाहरु सशस्त्र प्रहरी ले नष्ट गरेका छन ।

दरैयाको बाटो भएर सुरक्षकर्मिको आखा छली नेपाल ल्याएको एक सय किलो माछाहरु सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी को टोलीले नियंत्रणमा लीइ नष्ट गरेका हुन । पशु क्वारेनटाईन कार्यालय रानी का पशु चिकित्सक अरबिन्द कुमार मन्डलको निर्देशनमा बिराटनगर १६ का वडा अध्यक्ष मनोज सुब्बा र केही स्थानियहरुको रोहवरमा खाल्डो खनि गाडेर उक्त माछा नष्ट गरेको बिओपि रानी प्रमुख मौसम पोखरेलले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.