google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

धर्म प्रतिको आस्था, पिपलको रुख जोगाउन एक रातमै बजरंगबली को मुर्ति स्थापना गरी पुजाआजा सुरु

धर्म प्रतिको आस्था, पिपलको रुख जोगाउन एक रातमै बजरंगबली को मुर्ति स्थापना गरी पुजाआजा सुरु

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / धेरैको आस्था जोडिएको र प्रतेक शनिवार जल अर्पण गर्नेगरेको लगभग एक सय वर्ष पुरानो पिपलको रुख आफ़्नो जग्गामा पर्यो भनी एक व्यक्तिले काट्न खोज्दा स्थानियहरुले शुक्रवार अवरोध गर्दै बिरोध जताएका थिए ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बिराटनगर महानगर पालिका को १६ नम्बर वडामा पर्ने नेपाल भारत सिमा दशगजा नजिकै बिराटनगर भन्सार कार्यालय उत्तर तर्फ़ रहेको अत्यन्तै पुरानो पिपलको रुख बिराटनगर १५ बस्ने प्रदिप नेवटियाले आफ़्नो जग्गामा रहेको बताउदै रुख काटेर त्यहा ब्यापारिक प्रयोजनको लागी एउटा छाप्रो निर्माण गर्न भनि पिपलको रुख काट्न लागेको हो । स्थानियका अनुसार रुख भएको ठाउमा सार्वजनिक पानि बग्ने नाला भएको र उक्त ठाउमा रहेको रुखलाई धेरै अगाड़ी देखी पुजा गर्नेगरेको बताउछन । सोही क्रममा रुख काटने कुरो आएपछी त्यहा आसपासका धर्म प्रेमीहरु शुक्रवार रुख काट्नुको बिरोध गर्दै केही बेर प्रदर्शन समेत गरेका हुन । सिमा प्रहरी चौकी रानी होस या किनमेल प्रयोजनको लागी भारत नेपाल आउजाउ गर्ने जोकोहीपनि वर्षौ देखी उक्त पिपलको रुख को छायामा थकाई बिसाउने गर्नेगरेका कारण पनि सो रुख अति महत्वपुर्ण भएको हुनाले र हिन्दु धर्मालम्बीहरु धर्म प्रतिको अटुट आस्था र बिश्वासका कारण पिपलको रुख को कुनै पनि हालतमा काट्न नदिन सबै लागीपरेका छन । रुख लाई काट्न बाट जोगाउन रास्ट्रिय बजरंग बल नेपाल को केन्द्रिय अध्यक्ष लाल बाबु पासवान सहितको स्वयम्सेवकको टोली सहित स्थानियहरुको सहियोगमा शुक्रावारको दिन र रात गरी बजरंगबली हनुमानको चार फ़ुट अग्लो मुर्ति निर्माण गरी आईतवार बिहान स्थापित गरेका छन । आईतवार बिहान पनि हिन्दु धर्ममाथी अटुट आस्था भएका धर्मे प्रेमीहरु जय श्री राम को नारा लगाउदै उक्त मुर्तिको पुजाआजा गरी प्रसाद बितरण समेत गरेका हुन । हिन्दु धर्म माथी कसैले घात गर्न खोजे वा आस्था माथी कसैले खेलवाड गरे आफ़ुहरु मर्न समेत तयार रहेको बजरंग बल को अध्यक्ष पासवानको भनाई रहेको छ ।

नेवटियाका अनुसार आफ़्नो जग्गा मध्येको केही अंश बिराटनगर महानगर पालिकालाई शौचालय बनाउन दान दिएको बताउछन र बाकी रहेको जग्गामा रुख भएको कारणले गर्दा पुजा पाठ भएर मन्दिर निर्माण हुदा आफ़ुलाई परेशानी हुने र उक्त रुख मुनी नाला भएको ठाउमा आफ़ुले ब्यापारिक प्रयोजनको लागी छप्रो बनाउने हुदा रुख काट्नुपर्ने बताउछन । जबकी ब्यापार व्यवसाय भन्दा पहिले पुजा पाठ दान धर्ममा विशेष रुपमा अग्रपंक्तिमा रहने गरेको एउटा मारवाडी समुदाय पनि हो तर मारवाडी भएर पनि आफ़्नो घर अगाड़ी मन्दिर हुदा आफ़ुलाई परेशानी हुने नेवटियाको भनाई सुनेपछी श्रद्वालुहरु को आस्थाको मजाक उडाए सरह भएको स्थानीयगरुको आरोप छ र सो ठाउमा मंदिर निर्माण गर्न सबै एकजुट भएर संघर्ष गर्न तयार रहेको धर्म प्रेमीहरु बताउछन । मन्दिर निर्माणको निम्ति कसैको व्यक्तिगत स्वार्थ नभएर आस्थाकै कारण धेरैको सहियोग र समर्थन रहेको देखिन्छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0