google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

उद​य​ तिवारी 

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

रौत​ह​ट​

रौतहटमा तीन सय बेड क्षमताको सुविधा सम्पन्न आइसोलेशन सञ्चालनमा आएको छ । प्रजिअ इन्द्रदेव यादवको पहलमा देवाही गोनाही नगरपालिका धरहरीस्थित जयकिसान पोलिटेक्निकल क्याम्पसको भवनमा शनिबार साँझदेखि तीन सय शैय्याको आइसोलेशन सञ्चालनमा आएको हो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जिल्लामा कोरोनाभाइरस संक्रमितको संख्या बढदै गएपछि जिल्ला संकट व्यवस्थापन समितिको निर्णयले १८ वटै स्थानीय तहसँग तत्काल ५ लाख रुपैयाँ माग गरेको थियो । माग अनुसार १८ मध्ये कटहरिया, बौधिमाई, गढिमाई, गौरलगायत ७ स्थानीयतहले सनिवार शुक्रबार सम्म जिल्ला अस्पताल विकास समितिको खातामा जम्मा गरेपछि आईसोलेसन सञ्चालन भएको डाक्टर कृष्ण साहले जानकारी दिए ।

त्यसैगरी प्रदेश २ को सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउन लागेको पिसिआर जाँच मेसिन अगामी दुई साताभित्र सञ्चालन भैसक्ने डाक्टर साहले बताए ।

रौतहटमा हालसम्म कुल १५ सय १५ कोरोना संक्रमित मध्ये एकसय ५० बिरामी सक्रिय रहेको तथा अन्य कोरोना जितेर घर फर्किसकेको जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले जानकारी दिएका छन् । संक्रमित मध्ये ६ जना धरहरी आइसोलेशन, केही गौर, चन्द्रपुर, कटहरिया आइसोलेसनमा र केही होम आईसोलेसनमा रहेका छन । कोरोनाबाट रौतहटमा हालसम्म ३ जना र एकजनाको शंकास्पद मृत्यु भएको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0