तराईमा बसोबास गर्ने मधेसी समुदायको महान पर्व छठको तयारी आजबाट सुरु

0

दिपेन्द्र साह मंसिर ३ पर्सा ।

तराईमा बसोबास गर्ने मधेसी समुदायको सबैभन्दा ठुलो र महान पर्व छठको तयारी आजबाट उत्साहका साथ सुरु भएको छ । तर कोभिड १९ महामारीकै बिच छठ पर्ब मनाउनु पर्ने बाध्यता रहेकाले आसान्न छठ पर्ब मनाउने विषयलाइ लिएर पर्सामा स्थानीय प्रशासनले केहि आदेशहरु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तमांगको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोभिड संक्रमणको महामारी विद्यमान नै रहेका कारणले छठ पर्बमा हुने भिडभाड व्यवस्थापनका लागि केहि आदेशहरु जारी गरेको हो ।

स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर छठ पर्ब मनाउन जिल्लावासीसंग आग्रह गरेको छ । यसपालीको छठ पर्ब सकभर आ आफनै घरमा मनाउन आग्रह गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी तमांंगले यदि छठघाटमै गएर मनाउनु पर्ने भए त्यस अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको बताउनुभयो । दीपावलीसँगै हुने गोवर्द्धन पूजा पछि भोजपुरी संस्कृति अनुसार गोधन कुटेर त्यहाँबाट ल्याएको केराउ (भोजपुरी भाषामा बजडी) बहिनीहरुले भाईलाई खुवाएसँगै छठको तयारी सुरु भएको हो ।

ब्रतालुहरुले आज नजिकैको जलाशय वा घरमा नै नुहाइ चोखिएपछि शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् । यो विधिलाई स्थानीय भाषामा ‘नहा खा’ वा ‘नहाए खाए’ भनिन्छ । छठ पर्वमा चढाइने ठेकुवा, पुडुकिया, पुरी र खाजा मिठाईलगायतका लोकप्रिय प्रसादहरु पूर्ण शुद्धता हुनुपर्ने हुँदा माटोको चुल्हो नै नयाँ बनाएर पकाउने पनि गरिन्छ । पूर्णरुपले उपवास बसेका ब्रतालुले दोस्रो दिन अर्थात भोली बिहिबार साँझ लिपपोत गरिएको एक कोठामा केराको पात ओछयाएर त्यसमाथि प्रसादको रुपमा खिर, पुरी, केरा र मुला राखी मौन पुजा गर्छन् । जसलाई स्थानीय भाषामा खरना वा रसिआओ रोटी भन्छिन् ।

यो पूजा सम्पन्न भएपछि ब्रतालुले आफू पनि प्रसाद खान्छन् । परिवारजन, छरछिमेक एवम् पाहुनालाई समेत बाँडीने प्रचलन रहेको संस्कृतीक बिद उमाशंकर दुबेदी बताउछन । लोक आस्थाको छठ पर्वको तेस्रो दिन शुक्रबार बिहानदेखि गहुँ एवं चामलको शुद्ध पिठोबाट क्रमशः ठेकुवा, पुरी एवम् पुडुकिया बनाउँछन् । छठ पर्वको महत्वपूर्ण दिन हो जसको ब्रतालुलगायत सबैले व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन् । प्रसाद तयार पार्ने कार्यमा मुख्य उपासकलाई परिवारजन र छरछिमेकले सहयोग गरिरहेका हुन्छन् । प्रसाद एवम् पूजन सामग्री तयार भएपछि घरको आँगनलाई अपराह्न लिपपोत गरी एवम् जल छर्केर चोख्याइन्छ ।

नांग्लो र ढाकीलाई फिजाएर त्यसभित्र ठेकुवा, पुडुकिया, पुरी खाजा, गेडागुडी, मौसमी फलफुल एवम् तरकारी राखिन्छ। घरमै एकपटक पुजा गरेपछि ती सबै सामग्रीलाई ढाकी (दउरा) मा राखेर बाँधि माथितिर एउटा दियो बालिन्छ । ब्रतालुको अगुवाईमा परिवारजन ढाकी एवम् अन्य विविध पुजन सामग्री बोकी छठको लोक गीत गाउँदै आफूलाई पायक पर्ने पोखरी वा नदी किनार गई पुजा अर्चना गर्ने गरिन्छ । नदि किनार वा घाटलाई पनि केराको बोट, दियो एवम् बत्तीले घाटलाई झकिझकाउ पारिएको हुन्छ । पूर्व निर्धारित पुजन थलोमा पुगेपछि ती सम्पूर्ण पुजन सामग्रीलाई पुनः फिजाएर राखिन्छ। नांग्लो, ढाकी र वरिपरि दियो तथा धूप बालिन्छ ।

त्यसपछि मुख्य ब्रतालु अस्ताइरहेको सूर्यतर्फ मुख फर्काइ जलाशयमा उभिन्छन् अनि सुर्य देव अथार्त दिनानाथ लाई अर्ख दिन्छ जसलाई स्थानीय भाषामा सभmीया घाट भन्निछ । यो साँझ घरदेखि घाटसम्म दिपावली मनाइन्छ । घाटमा कुस्ती, लोक नृत्य, नाटक मञ्चन एवम् विविध साँस्कृतिक कार्यक्रमको आयोजन हुन्छ । त्यसपछी छठ घाट वा घरमा कोशी पूजाको आयोजना गरिन्छ । कोशी पूजा प्रत्येक बर्तालुले गर्नुपर्दैन । भाकल गरेको बर्तालु कोशी पूजा गर्छन जहाँ छठ मान्ने अन्य बर्तालुहरुपनि आएर छठको गित गाउँछन् । कोशी पूजाको लागि उखुलाई एकआपसमा बाँधेर गोलो आकार बनाइन्छ र त्यसको छेउमा दियो बाल्ने गरिन्छ ।

त्यसपछी छठ पर्व चौंथो तथा अन्तिम दिन शनिबार बिहान ब्रतालुसहित सम्पूर्ण परिवार जलाशय किनारमा पुजन सामग्रीसहित भेला हुन्छन् । साँझकै विधिझैं बिहान उदाइरहेको सूर्यलाई सम्पूर्ण पुजन सामग्रीसहित त्यसमाथिबाट दूधरजलको अर्घय दिएपछि महापर्व छठको समापन हुन्छ । यसलाई भोरका घाट वा बिहनीयाके अर्घय भनिन्छ । छठपर्व समापनको अवसरमा समेत मुख्य ब्रतालु महिला र परिवारका अन्य महिला सदस्यले गीत गाउँदै एक अर्काको निधारमा सिन्दुरको टिका लाउँछन् । ब्रतालु एवं परिवारजनले पर्व समापनपछि बिहान घाटमा उपस्थिति दर्शनार्थीलाई गच्छेअनुरुपको प्रसाद बाड्दै अर्को वर्ष फेरी आउने बाचाकासाथ घर फर्कन्छन् । ३६ घण्टे निर्जल उपवासपछि घर फर्कि ब्रतालुले सादा भोजन ग्रहण गरेर उपवास तोडछन् ।

Leave A Reply

Your email address will not be published.