तराईका चलचित्रकर्मिहरु एक हुदै गरियो मैथिली चलचित्रकर्मि संघ गठन

तराईका चलचित्रकर्मिहरु एक हुदै गरियो मैथिली चलचित्रकर्मि संघ गठन

0

बिराटनगर / तराईमा बन्ने मैथिली चलचित्रहरुमा लामो समय देखि कार्यरत रहेर पनि छरिएर रहेका चलचित्रकर्मिहरु संगठित हुन बिराटनगरमा मैथिली चलचित्रकर्मि संघ गठन भएको छ ।

पुर्वको बरिस्ठ निर्देशक तथा चलचित्रकर्मि संघ प्रदेश नम्बर १ को अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा बिराटनगर महानगर पालिका वडा नम्बर ६ को अध्यक्ष तथा मैथिली को नायक बिजय कामत तथा चलचित्रकर्मि निर्देशक समाज को अध्यक्ष केशव रायमाझी को अगुवाईमा मैथिली चलचित्रकर्मि संघ गठन गरिएको हो । उक्त संघ को अध्यक्ष पद मा बरिस्ठ निर्देशक संतोष सरकार, बरिस्ठ उपाध्यक्ष पदमा बिजय कामत, उपाध्यक्ष मा बहुचर्चित मैथिली गायक बिरेन्द्र झा तथा आभा अनुपम रह्नु भएको छ । त्यसै गरी सचिवमा चलचित्रकर्मि तथा पत्रकार समेत रह्नुभएका राजेश कुमार भगत, सह सचिव पवन शाह, रमेश ठाकुर तथा कोषाअध्यक्षमा अशोक कुमार मण्डल तथा सदस्य हरुमा झुमा सरकार, धिरेन्द्र साह र बिकेश कुमार मण्डल रहेका छन ।

Leave A Reply

Your email address will not be published.