google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

आज विश्वकर्मा पुजा ,रौटहट सहित देशभरमा धातुले बनेको बस्तुहरु पुजा गरिदै ।

बिकाश पाण्डे //रौतहट // अशोज १ गते

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

आज विश्वकर्मा पुजा ,रौटहट सहित देशभरमा धातुले बनेको बस्तुहरु पुजा गरिदै ।विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिनमा धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् ।विश्वका आदि शिल्पकारको रूपमा चिन्हिने भगवान विश्वकर्माको पूजा हरेक वर्ष असोज १ गते मनाउने गर्दछन तसर्थ सो दिन आज परेकोले रौतहटमा धुमधामका साथ् बिश्वकर्मा पुजा मनाइदैछ । आज बिहानै देखि आ(आफ्ना सवारीसाधन,मेसिनहरु लाई धोएर,सजाएर पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन अनुसार पुजा गरेर मनाउदैछन । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।। ।द्वापर युगमा भगवान् श्री कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । ।एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानीएको र त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा रहदै आएको हो । आजको दिनलाई वास्तु शास्त्रीहरुले वास्तु दिवसका रुपमा समेत मनाउने गर्दछन । हरेक वर्ष मेसिन, हात हतियार तथा सवारीसाधनको पूजा गर्नाले तीनिहरु चाँडै बिग्रदैनन् । मेशिन पनि सुचारु रुपमा सञ्चालन हुन्छ,भन्ने बिश्वासको साथ बिश्वकर्मा भगवानको पुजाआजा गरिन्छ ।।

Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0